Thursday, May 14, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

Monday, February 19, 2024
टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
6.9k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- सरकारले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गरेको छ । आइतबार सूचना तथा प्रसारण विभागले पत्रकार सम्मेलनमार्फत फागुन २ गतेबाटै आलाकार्ट मूल्य प्रणाली लागु गरिएको जनाएको हो ।

सरकारले लागु गरेको आलाकार्ट मूल्य प्रणाली सेवाप्रदायकहरूले पूर्णरूपमा कार्यान्वयन नगरे कारबाही गर्ने विभागको चेतावनी छ ।

सरकारले टेलिभिजन हेर्ने ग्राहकलाई चाहेको टेलिभिजन च्यानलमात्रै हेर्न पाइने सुविधा दिने गरी आलाकार्ट मूल्य प्रणाली ल्याएको हो । विभागले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु भएसँगै उपभोक्ताले सेवा प्रदायकसँग सम्पर्क गरी आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने र त्यही अनुसारको शुल्क मात्र भुक्तानी गर्नुपर्ने बताएको छ ।

Order Cake Order Cake Order Cake

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक शंकर नेपालले टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गर्दा वा यो भन्दा पहिला आलाकार्ट मूल्य प्रणाली लागु नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बन्डलिङ गरेर लैजान नपाइने सन्देश दिन खोजिएको बताए ।

“इन्टरनेट र प्रसारण दुईवटा अलग–अलग ऐनबाट नियमन हुन्छ । टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गर्दा वा यो भन्दा पहिला आलाकार्ट मूल्य प्रणाली लागु नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बन्डलिङ गरेर लैजान पाइँदैन भन्नेकुरा उपभोक्तामा सन्देश जानुपर्छ । सरकारले अहिलेसम्म टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु गर्न उपभोक्ता पनि जागरुक हुन जरुरी छ,” उनले भने ।

उपभोक्ताले अग्रिमरूपमा ६ महिना एक वा दुई वर्षका लागि पैसा तिरेको अवस्था रहेको भन्दै टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु भएपछि सेवाप्रदायकले उपभोक्ताबाट उठाएको पैसा समायोजन गर्नुपर्ने बताए ।

उनका अनुसार बेसिक प्याकेज र पे च्यानल गरेर मासिक अधिकतम ४७० रुपैयाँको मूल्य निर्धारण गरिएको छ । अब सेवा प्रदायक कम्पनीहरूले ४७० रुपैयाँभन्दा बढी शुल्क लिन पाउने छैनन् ।

यसअघि नै सरकारले आलाकार्ट प्रणाली अन्तर्गत नेपालमा प्रसारण हुने टेलिभिजनको न्यूनतम मासिक शुल्क २५० रुपैयाँ कायम गरेको छ । केही सःशुल्क च्यानलहरूको पनि बुके शुल्क निर्धारण गरिएको छ ।

सरकारले २०७९ चैत १५ गतेदेखि नै टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।

विभागले अहिलेका लागि आठवटा सःशुल्क प्रसारक संस्थाहरूको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । जसअनुसार स्टारका ३२ च्यानलको ६५ रुपैयाँ, सोनीका १८ च्यानलको ६५ रुपैयाँ, जी इन्टरटेन्मेन्टका १३ च्यानलको २५ रुपैयाँ, बनेट एन्ड कोलम्यानको तीन रुपैयाँ, डिस्कभरीका चार च्यानलको २० रुपैयाँ, बीबीसीको प्रतिच्यानल एक रुपैयाँ, होम बक्स अफिसको १५ रुपैयाँ प्रतिउपभोक्ताले प्रतिमहिना भुक्तानी गर्नुपर्ने हुन्छ ।

बुकेमा सूचीकृत सबै च्यानल हेर्न चाहेमा उपभोक्ताले प्रतिमहिना ४५० देखि ४७० रुपैयाँसम्म भुक्तानी गर्नुपर्ने छ ।

Comments
Share
77
Shares

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार,  हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी
सूचना-प्रविधि

टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार, हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki