Tuesday, May 12, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

Friday, February 16, 2024
अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
7.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । इथियोपियाको यातायात मन्त्रालयले हालै पेट्रोलियम गाडीलाई देशमा नभित्र्याउने निर्णय गरेकाे फ्रिकन सञ्चारमाध्यम एपीएले जनाएको छ ।

आर्थिक सङ्कटमा फसेको यो देशले विदेशी मुद्रा सीमित गर्न र हरित ऊर्जा प्रवर्द्धन गर्न यस्तो निर्णय गरेको हो । त्यहाँका यातायात मन्त्री अलेमु साइमले अब देशमा ‘हरित यातायात’लाई कार्यान्वयन गर्न्ने काममा संलग्न हुने योजना भएको बताएका छन् । उनले इथियोपियाको संसद्‍मा सहरी विकास तथा यातायात स्थायी समितिकाे प्रतिवेदन सार्वजनिक गरेका थिए ।

“विद्युतीय नभएसम्म कुनै पनि अटोमोबाइल्स (सवारी साधन)लाई देश भित्रिन नदिने निर्णय भएको छ,” मन्त्री साइमको भनाइ उद्धरण गर्दै एपीए न्युजले उल्लेख गरेको छ । उक्त सञ्चार माध्यमले इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो मुलुक बनेको दाबी समेत गरेको छ ।

Order Cake Order Cake Order Cake

हुन त पेट्रोल तथा डिजेलद्वारा सञ्चालन हुने कारमा प्रतिबन्ध लाग्दा विद्युतीय सवारी साधनको प्रवर्द्धन हुन्छ । तर, इथियाेपियाका नागरिकलाई यी सवारी खरिद गर्न आर्थिक रूपमा चुनौतीपूर्ण हुने विश्लेषण गरिएकाे छ ।

पछिल्लो समय विश्वव्यापी रूपमा विद्युतीय सवारी साधनको मूल्य बढ्दै गइरहेको छ । त्यस्तोमा इथियोपियाका अधिकांश नागरिकमा ती सवारी साधन खरिद गर्नसक्ने अवस्था नभएको बताइएको छ ।

त्यस्तै इथियोपिया सरकारले देशव्यापी रूपमा विद्युतीय सवारी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन थप्ने काम गरिरहेको छ । सरकारको पछिल्लाे निर्णयले देशमा हाइड्रोइलेक्ट्रिसिटी पावर प्लान्टका लागि ऊर्जा पूर्वाधारमा लगानी भित्र्याउन र हरित ऊर्जा प्रवर्द्धनमा टेवा पुग्ने अनुमान छ ।

सेकेन्ड ह्यान्ड पेट्रोलियम सवारी खरिद तथा बिक्रीमा पनि यो नीति लागू हुन्छ वा नयाँमा मात्र हो भन्ने स्पष्ट छैन । त्यस्तै देशमा यो नीति पूर्ण रूपमा कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्ने पनि खुलाइएको छैन ।

विद्यतीय सवारी साधनको उद्योगको क्षेत्रमा हरित ऊर्जा प्रवर्द्धन गर्ने इथियोपियाको यो निर्णयलाई कोशेढुङ्गाको रूपमा हेरिएको छ ।

इथियोपिया अफ्रिकाको सबैभन्दा ठूलो हाइड्रो-इलेक्ट्रिक पावर प्लान्ट निर्माण गर्ने देश पनि हो । ग्रान्ड इथोपियन  रेनएसेन्स ड्याम (जीईआरडी) पावर प्लान्टको उद्धाटन छिट्टै हुने बताइएको छ ।

जीईआरडी सञ्चालनमा आईसकेपछि त्यसले छ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्नेछ । सुरुवाती समयमा भने त्यसले तीन हजार मेगावाट विद्युत उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

Comments
Share
75
Shares

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार,  हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी
सूचना-प्रविधि

टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार, हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki