काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि प्रशिक्षण दिने भएको छ । पार्टीका नवनिर्वाचित सांसदहरूलाई आगामी चैत्र ३ र ४ गते काठमाडौंमा दुई दिने अभिमुखीकरण प्रशिक्षण सञ्चालन गरिने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेभित्र काठमाडौं उपत्यकामा तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ। अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टी नीति तथा आगामी कार्यदिशाबारे जानकारी गराइने जनाइएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ।







