Tuesday, May 12, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार, हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी

गाेरखापत्र दैनिक

Thursday, January 11, 2024
टेलिकमको अप्टिकल फाइबर सेवा ७४ जिल्लामा विस्तार,  हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्नेछन् ।

रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटिटिएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रूपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘‘योसँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्‍याउन नेपाल टेलिकमलाई आग्रह गर्न चाहन्छु ।’’

Order Cake Order Cake Order Cake

अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने योजना वार्षिक कार्यक्रममै राखेको जानकारी दिँदै मन्त्री शर्माले यो कामलाई शीघ्र रूपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘ ‘एकातिर ७७ वटै जिल्लामा सेवा विस्तारका लागि लाग्नुपर्ने छ भने अर्कोतिर जिल्ला सदरमुकाबाट पालिका र वडा तहसम्म सेवा विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता छ ।’’

सल्यानबाट करिब एक सय किलोमिटर अप्टिकल फाइबर तानेर मुसीकोटहुँदै रुकुमकोटसम्म पुर्‍याएर दुवै जिल्लाका सदरमुकाममा एकैसाथ आजदेखि सेवा आरम्भ गर्न सफल भएकोमा नेपाल टेलिकम तथा यस कार्यमा निरन्तर खट्ने कर्मचारी र प्राविधिकहरूलाई धन्यवाद दिँदै मन्त्री शर्माले द्रुत क्षमताको इन्टरनेट सेवा प्राप्त गर्न सफल भएकोमा दुवै जिल्लाका बासिन्दालाई बधाई ज्ञापन पनि गर्नुभयो ।

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमुना सेवा पुर्‍याउने जिल्लाको रूपमा अभियान थालिएको जानकारी दिनुभयो ।

रुकुम,रोल्पा नेपालमा गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने अग्रणी जिल्ला भएको उल्लेख गर्दै उहाँले हिजो जनताले बलिदान गरेर आजको राजनीतिक उपलब्धि प्राप्त भएकाले अब त्यस क्षेत्रका जनताको सेवालाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो ।

रुकुमको जीवनरेखाको रूपमा रहने गरी मध्यपहाडी लोकमार्ग विस्तार भएपछि यी जिल्लाको भूभागलाई समेट्ने करिब १२४ किलोमिटर खण्ड राष्ट्रिय राजमार्गसँग जोडिएको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेलामा तत्कालीन सरकारले मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०६४र०६५ देखि यो रूपान्तरणकारी योजनाको रूपमा अघि सारेको स्मरण गर्नुभयो ।

‘‘राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको सबै खण्डमा अप्टिकल फाइवर पुर्‍याएर मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ । मन्त्री शर्माले भन्नुभयो– ‘‘यसबाट त्यसको क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।’’

रुकुमपूर्व र पश्चिम दुवै दुर्गम क्षेत्रका जिल्ला भएकाले पूर्वाधारको क्षेत्रमा गर्नुपर्ने धेरै कार्य बाँकी रहेको औँल्याउँदै उहाँले यसका लागि विकासका प्राथमिकता निर्धारण गरी तिनै तहका जनप्रतिनिधि र पदाधिकारी तथा कर्मचारीहरूको आपसी समन्वयात्मक पहलकदमीबाट उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । रुकुमपूर्वका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले सदरमुकामसम्म द्रुत गतिको इन्टरनेट पुर्‍याएकोमा धन्यवाद ज्ञापन गर्दै यो सेवालाई गाउँगाउँसम्म विस्तार गरिदिन आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडीले कम्पनीका सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।

Comments
Share
34
Shares

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki