Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

एमडीएमएस कार्यान्वयनमा ल्याइँदै, दर्ता नभएका मोबाइल ‘ब्लक’ हुने

Monday, October 30, 2023
एमडीएमएस कार्यान्वयनमा ल्याइँदै, दर्ता नभएका मोबाइल ‘ब्लक’ हुने
3.1k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन एक अर्काे प्रयास थालेको छ । केही दिनअघि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ ।

“यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने,” प्राधिकरणले सूचनामा भनेको छ । एमडीएमएसमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु गैरकानुनी तरिकाले भित्रिएको हुने प्राधिकरणको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडीएमएसमा दर्ता नभएरै चलिरहेको बताएको छ । पछिल्ला आइफोन र अरु एन्ड्रोइड फोनहरुमा दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने तयारी गरिरहेको प्राधिकरणले बताएको हो ।प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दर्ता नभएका आइफोन १५ दर्ता गर्नका लागि आह्वान भइहेको र दर्ता नभएमा ती फाेनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने तयारी भइरहेको बताएका हुन् ।

Order Cake Order Cake Order Cake

प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले करिब दुई हजार आइफोन १५ एमडीएमएसमा दर्ता नभएरै सञ्चालनमा रहेको बताएका छन् । पटकपटक दर्ता गर्नका लागि आह्वान गर्दा समेत दर्ता नभइरहेको र अब दूरसञ्चार सेवा अवरुद्ध गर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ ।

भन्सार पास भएर आउने सबै फोनहरुको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउनेले ल्याएका फोनहरु दर्ता गर्नका लागि पनि सरकारले व्यवस्था गरिदिएको छ । यीबाहेक कालोबजारीबाट भित्रिने फोनहरुको आईएमईआई नम्बर मात्रै एमडीएमएसमा दर्ता नहुने भन्दै प्रतिबन्ध लगाउनुपर्ने व्यापारीहरुको माग छ ।

प्राधिकरणले बढीजसो एलिटवर्गका मानिसले चलाइरहेका पछिल्ला आइफोन नै दर्ता नभएको भन्दै पहिलो चरणमा परीक्षणका रुपमा ब्लक (दूरसञ्चार सेवा अवरुद्ध) गर्ने तयारी भइरहेको बताएको छ । केही दिनमै दर्ता नभएका आइफोन १५ ब्लक हुने र त्यसपछि अन्य नयाँ फोनहरु पनि ब्लक गर्ने प्राधिकरणको भनाइ छ ।

यसअघि, नै पनि एमडीएमएसमा दर्ता नभएका करिब ५० लाख फोनहरु सञ्चालनमा रहेका छन् । तीमध्ये केही हजार फोन मात्रै पैसा तिरेर एमडीएमएसमा दर्ता भएका छन् । ती फोनहरु ब्लक गर्ने विषय पनि अन्योलपूर्ण छ ।

आफ्नो फोन एमडीएमएसमा दर्ता भए नभएको हेर्न र दर्ता गर्न यहाँ https://mdms.nta.gov.np/public  बाट सकिन्छ ।

Comments
Share
32
Shares

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki