काठमाडौँ – पत्रकार डिल्लीप्रसाद आचार्यको ‘स्मृति ग्रन्थ’ प्रकाशित भएको छ। आज मङ्गलवार प्रकाशित आचार्यको ‘स्मृति ग्रन्थ’मा ५२ जनाका स्मृति समावेश छन् ।
यस ग्रन्थमा आचार्यका समकालीन, सहकर्मी, पत्रकार, इष्टमित्र र परिवारका सदस्यहरूले आफ्ना सम्झना, भावना र श्रद्धाञ्जली अभिव्यक्त गरेका छन्।
बाग्लुङको रामरेखामा जन्मनुभएका पत्रकार आचार्यको गएकाे भदौ १ गते काठमाण्डाैमा ८४ वर्षको उमेरमा निधन भएको थियो। प्रशासक तथा समाजसेवीका रुपमा पनि सक्रिय पत्रकार आचार्यले पश्चिमाञ्चलमा खोज पत्रकारिता अभ्यासमा विशेष योगदान दिनुभएकाे थियाे। उहाँले ५० वर्षअघि कालापानी लिपुलेकबारे स्थलगत रिपोर्टिङ गर्नुभएकाे थियाे । बुद्धको मावली र ससुराली देवदहको ऐतिहासिक सोधखोज र प्रचारप्रसारमा पनि उहाँको विशेष योगदान थियो ।
आजीवन सादा जीवन, उच्च विचार दर्शनबाट प्रेरित उहाँको यसअघि आत्मसंस्मरणहरूको सँगालो पुस्तक झझल्काहरु प्रकाशित छ। दुवै पुस्तक बुलबुल प्रकाशनले प्रकाशित गरेको हो।







