काठमाडौँ – मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छनोट भएको छ।
मदन पुरस्कार गुठीले ३१३ कृतिबाट उत्कृष्ट पाँच छानेको हो।
छानिएका कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकलाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ।
यिनै कृतिमध्ये एकले मदन पुरस्कार २०७९ पाउने छन्।
मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो।







