काठमाडौँ – नेपाली समालोचनाको क्षेत्रका विशिष्ट व्यक्तित्व केशवप्रसाद उपाध्यायको निधन भएको छ । शुक्रवार बिहान ०५:२८ बजे निधन भएको साहित्य सम्बन्धी जानकारी दिने फेसबुक पेज शब्दपथले जनाएको छ । उमेरले ९० लागेका उनी रक्तचाप, मधुमेह र अल्जाइमर्स रोगबाट ग्रसित थिए ।
उनका साहित्य प्रकाश, रिमाल, व्यक्ति र कृति, प्राथमिककालीन कवि र काव्य प्रवृत्ति, केही रचना केही विवेचना, तरुण तपसीको पूनर्मूल्याङ्कन , बालकृष्ण समको दुखान्त्य नाट्यचेतना लगायतका कृतिहरू प्रकाशित छन्। ती मध्ये २०५५ सालमा प्रकाशित दु:खान्त नाटकको सृजना परम्पराले मदन पुरस्कार पनि प्राप्त गरेको थियो।







