काठमाडौँ – गत विहिवार मृत्युवरण गर्नुभएका सहित्यकार प्रा.डा. मोहनहिमांशु थापाको आज अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । विदेशमा रहेका छोराको प्रतिक्षामा पार्थिव शरिर आज अन्त्येष्टि गरिएको हो ।
वि.सं. १९९३ सालमा गोकर्णमा जन्मिएका थापा हाल ललितपुरको नखिपोटमा बस्दै आएका थिए । तीन दिनअघि थापाको आफ्नै निवासमा निधन भएको थियो।
थापाको नेपाल भाषा (नेवारी भाषा)मा दख्खल भएका कारण उनी सोही भाषामा प्राध्यापन गर्दथे । मोहनहिमांशु थापाको ‘खुकुरीमाथि एक चौटा बादल’ कवितासङ्ग्रहलगायतका कृतिहरू प्रकाशित छन् ।
“२०१०-२० को दशकमा मोहन कोइराला, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठसँगै नेपाली आधुनिक कविताको नेतृत्व गर्नेमा उहाँ पनि एकजना हुनुहुन्थ्यो ।”







