काठमाडौँ – प्रणय दिवसको केही दिन अघि वि सं. २०७९ माघ २८ गते शनिबारका दिन काठमाडौँको कोटेश्वर महादेवस्थानमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कवि मणिराज सिंहको सभापतित्वमा ज्योति साहित्य प्रतिष्ठानद्वारा१९२औँ कविता वाचन सृङ्खला सम्पन्न भयो।
विश्वकवि तुलसी दिवसको प्रमुख अतिथ्यता र शिखर कवि शैलेन्द्र साकार,नरेन्द्र राज पौडेल, महेशराज खरेल तथा अभय श्रेष्ठको
विशिष्ट काव्यिक उपस्थितिमा श्रोताहरूलाई प्रणय सम्बन्धि रचना वाचन र मन्तव्यद्वारा कविहरूले जुरुक जुरुक पार्दै रोमान्चित पारे।
उपस्थित सबै कवि साहित्यकारहरूबाट प्रेम सम्बन्धि नै रचनाहरू वाचन भएको उक्त कार्यक्रममा प्रणय कविताद्वारा कवि राजबाबु श्रेष्ठले स्वागत गरेका थिए भने १५ जना कवि तथा साहित्यकारहरूका चोटिला, हार्दिक र चेतनामुलक कविताहरूले काव्यिक माहोलमा रौनकता थपेको थियो।
कवि तथा साहित्यकार महेशराज खरेलले “गर्मी सितै गुम्सिएर निस्किएका रागहरू”, जनार्दन अधिकारी ‘धड्कन’ले ”सरस्वती पूजाको दिनलाई बरु प्रणय दिवस मान्नु असल हो। पर्दाबाट चियाएर, फोन गरेर, काखमा राखेर पनि के प्रेम होला, यदि हुन्छ भने प्रेम विवाह पछि किन छोडपत्र हुन्छ?”, दामोदर ढकाल ‘दीपक’ ले “आजको प्रेम निजी अस्पतालका शुल्क जस्तै हो। म किन हेरौँ परेवा को निश्वार्थ प्रेम।” भन्ने आशययुक्त कविता सुनाए। युवा कवि रोमा लम्सालले “गुलाबका बास्नाझैँ लाग्छ चुरोटका ठुटा जो तिमी ले तानेका थियौ। तिमी आँखामा छौ र त चुहिन्छ प्रेम “, व्यङ्ग कविताद्वारा नरेन्द्रराज पौडेलले “२८/३० बि. सं. मा लेखिएको त्यसताका आधुनिक कविताको रूपमा छापिएको ‘ढीलो भएछ’ ‘कवितामा झागिँदै गएका जवानीमा रङरोगन गर्दै सफलताको भ्रमजालमा पारेर वैशालु हुनुको भ्रममा आज हामी छौँ आशय व्यक्त गरेँ। कवि रश्मी रिमालले ‘रातो गुलाफ’ कवितामा “वसन्तको आगमनमा राता गुलाब पंक्षीजस्तै माथि उडिरहेका, झरेका मनहरू उकुसमुकुस भएर सपनाको भेलसँगै बगिरहेका छन् “,
साहित्यकार ललिता दोषीले “तिमीले कतै पाउ छाडे त्यो जुन छुन्छु म, अन्त्य पछि पनि सम्झियुन् ती”, राज बाबु श्रेष्ठ सागरले, “पिया, ए पिया तिमीलाई थाहा छ प्रेम को परिभाषा, राजनीति, हिंशा, अध्लिल पढाइन्छन् कहिले पढाएनन् प्रेम, मायाँमा इन्द्रेणीका रङ हुन्छन् भनेर”, कवि शान्ति शर्माले, ” इन्द्रेणी सपना : हाम्रो निश्छल प्रेम सगरमाथा भन्दा माथि बग्छन् , आँखाबाट मुटुको खबर बोक्ने गर्छन् प्रणय”, साहित्यकार अभय श्रेष्ठले मन्तव्यमा “हाम्रा दिवस पनि प्रणय दिवस, अक्षय तृतीया दिवस , शिवलाई प्राप्त गरूँ , खड्गजात्रा यो दिन भागेर जाने जोडी लाई विशेष सम्मान गरिने प्रचलन छ यो पनि प्रणय दिवस हो भन्ने भावना व्यक्त गर्नुका साथै उनले ( कविता) रुख र पात, म सिङ्गो रुख हुँ तिमी पात हुँ भनिरहन्थे आज थाहा भयो म पात बिना कति रित्तो रहेछु। यसका साथै नेपाल भाषा बाट शब्द समेटिएका कविता नेपालीमा फरक अर्थ लाग्ने जानकारी समेत दिएका थिए।” कवि सुधा मिश्रले मैथली भाषामा ‘अनलाइन चोरी’ चोर कदैय हमरा बेहाल , अन लाइन चोरी भेल दिल, नहि अडियो कल, नहि भिडियो कल, नहि देखा सुनी, नहि चिट्ठी पुर्जी , अन लाइन चोरी भेल दिल, हम गेल छी हिल
नहि जनैछी ,देखैत छै केहन?, नहि बुझैछी ,बजैत छै केहन? की बयस छै, हम नहि जानि?,पत्ता ने किछुवो ,कि करै अनारि? वाचन गरिन्। शिखर कवि शेलेन्द्र साकारले, “कान काटेर माग्दैमा दिने पागल चाहिएको होइन प्रेम चाहिएको छ । कविता वाचन गरेर मन्त्रमुग्घ गर्नु भयो। कार्यक्रम संचालक कवि विमुन्स पौडेलले द्रुतविलम्बित छन्दमा मार्मिक प्रणय कविता सुनाइन्।विश्वकवि तुलसी दिवसले,” मैले विहे गरेको छैन तर सबै भन्दा बढी प्रेम मैले बाँडेको छु । किनकि प्रेम स्वाभाविक, वास्तविक, हार्दिक आस्था हो। जाति भेद, धर्म भेद हुँदैन। सबैलाई ग्रहण गर्न र सबै लाई ठाउँ दिनुपर्छ तर कसलाई दिने थाह हुँदैन। दिएपछि थाहा हुन्छ। साहित्यमा संयोग भन्दा बियोगान्त पो बढी महत्वपूर्ण हो कि ? किनकी संसारमा बियोगान्त महाकाव्य बढी रचिएका र दिगन्त बाँचेका छन्। अभिव्यक्तिको स्वतंत्रता हो प्रेम दिवस भन्नु हुँदै,” जिन्दगी लुगा भए फुकालेर झुण्ड्याउनु हुन्थ्यो” छोटो कविता वाचन गर्नु भयो।” ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले, ” बदल्नुपर्छ असत्यका पालाहरू तिमी र म मिलेर काव्यात्मक अभिव्यक्तिसहित कार्यक्रम निकै आकर्षक र ओजपूर्ण भएकोमा प्रमुख अतिथि , विशिष्ट अतिथि र सम्पूर्ण कविमनहरूप्रतिज्योति साहित्य प्रतिष्ठानको तर्फबाट आभार व्यक्त गर्नु भयो र स्थान उपलव्ध गराउनु भएकोमा कोटेश्वर सरस्वती मा वि कोटेश्वर महादेवस्थान परिवारप्रति धन्यवाद ज्ञापन गर्नु भयो। उक्त अवसरमा वाचन गरिएका कविताहरू सुख शान्ति मिडियाले युट्युब च्यानलमा समेत राख्ने जानकारी कार्यक्रममा गराइएको थियो। सकिनेछ। उक्त कार्यक्रम कवि विमुन्स पौडेलले संचालन गरेकी थिइन्।







