सम्झिएको छु
- पबिन्द्र चौलागाईं
सम्झिएको छु
तक्दिरलाई दोष दिएको छु
आजभोलि आफ्नै हातलाई हेर्छु
गलत उसलाई होईन, मलाई देख्छु
मेरो सपना दिएको थिएँ
रोटो र भोटोको लागि
बाटो-घाटो शिक्षाको लागि
दुखि मुहारको खुशि र कुरुप समाजको लागि
तर
त्यो सब् फगतको गफ भयो ।
आशाका किरण सबै निराशा भए जनताको भन्दा आफू र पार्टीको काम भयो ।
जनताको आँगनमा बन्नुपर्ने सहरमा बन्यो ।।
अब,
लाल कुरालाई हेर्दै छु ।
मपाईँ भन्दा पनि हामीपाई हेर्दै छु ।।
समाज र आवश्यकता लाई छान्नेछु ।
दुर दृष्टिका लागि विचार गर्दै छु ।।
Comments
Share







