Thursday, May 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गजल

Monday, September 26, 2022
चुनावकालागी म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु
4.6k
VIEWS
Website Development Website Development Website Development
  • जीवन आचार्य निश्चल

मनको क्या रहरै रहरमा रहर आयो
बल्लतल्ल नदी छिचोल्यो, खण्डहर आयो

हिजोको दोषी अनसन बस्यो जेलमा
आज नै सजाय–मुक्तिको खबर आयो

प्रियालाई दिल राखेर गुलाफ पठाएँ
उनको जवाफमा किन पत्थर आयो ?

Order Cake Order Cake Order Cake

आसै–आसमा मृत्युवरण गरे बाआमाले
वर्षौँवर्षपछि बल्लतल्ल छोरो घर आयो

चोरी हुँदासम्म त धानेका रहेछौँ हामीले
दूध पिएर जो सरकारमा तस्कर आयो

वीरबल खोज्दै थिए आँखा चारैतिर
हा…हा.. हाँस्दै महामहिम अकबर आयो

पानी आउन सकेन कैयौँ प्रयास गर्दा
तर, उकालो बाटो हुँदै नहर आयो

देखेपछि स्वप्नमा मञ्जरी प्रियालाई
बनेर यो मनमा अनौठो प्रहर आयो

यात्रामा निस्किएको छ जीवन आज
जीवनको नजिकै प्रियाको नगर आयो

फक्रेको छ बगानमा मीठो बैँस पनि
सुगन्ध आयो, नजरमा नजर आयो

उनले नि सँगै हुन्छु भनेर छाडिन्
बनेर प्रेम मनमा मेरो अल्सर आयो

नआउने भन्दै थियो हिजो प्रेमी मलाई
किन यो दिलको ठाउँमा भर्खर आयो ?

को–को कसका हुन् ? कसका कोको हुन् ?
सम्बन्ध बिग्रेको अदालती खबर जब्बर आयो

वाल्मीकिजस्ता प्रेमका पुजारीहरू
मञ्जरीको प्रेमी बनेर रत्नाकर आयो

तिमी फक्रियौ, सुवास छर्यौ, आह ! मीठो
कसको बोलीको दूषित करकर आयो ?

सँगै हुर्कियौँ र माया साट्यौँ, एक भयौँ
सम्झनाले मनमा त बेअसर आयो

मञ्जरी तिम्रो दिल जब पत्थर बन्यो
मेरो मन लाइटरसँगै पत्कर आयो

पाठशाला पढेका केटाकेटीछेउ आज
रत्नाकर बनेर वाल्मीकि सरासर आयो

घना वन फक्रेको एक्लो जवानी र याद
चञ्चल मनमा अनौठौ डर आयो

समस्या प्रश्नचिह्नमा उभियो र कैँची बन्यो
अहो ! सजिलो प्रश्नको जटिल उत्तर आयो

घरदेश बिर्सियौ तिमीले घरदेशलाई पर्दा
आज आपत् पर्दा घरको याद झर्झर आयो

तिमीले छाडेर गएको वर्षौँ भयो प्रिया
नियालेर हेर छाती बाढीको लहर आयो

तपाईंले कहिल्यै सोच्नुभएको होला यसरी
एउटै मन बनेर बुद्ध, कहिले हिटलर आयो

जङ्गलबाट फुत्त एउटा यो बाँदर सडकमा
उसको पछाडि–पछाडि सयौँ लस्कर आयो

कमिलाले रुवाउँछ हात्तीलाई बुझ्नुहोस् त
तपाईँको लागि त हात्ती भयङ्कर आयो

पु¥याउनु छ समय–अगावै गन्तव्यमा जीवन
न गन्तव्य, न त मान्नै पर्ने धरोहर आयो

जसले धोका दिन्छन् आजकल मान्छेलाई
उसका लागि नै त विश्वास सँगै भर आयो

हराउँदैन भन्थ्यौ हरायो आँखाअगाडि नै
मानवता हरायो, पहिले आडम्बर आयो

तिमी नै भन त मञ्जरी, म के गरौँ तिमी मै छ
पिऊँ कि नपिऊँ प्रिया प्यालामा जहर आयो !

पालो कुर्दाकुर्दै जीवन खरानी भएपछि
‘जीवन’को अनि बल्लतल्ल अवसर आयो ।

कहाँ पुग्ने हो? कसरी पुग्ने हो जीवन ?
यात्रीको सफरमा लामो सफर आयो

वर्षौँको मेहनत र पसिना खर्च गरेर
कति टिक्छ बगरमा ? बालुवाको भर आयो

टीका, चुरा, पोते, रातो गुन्यू–चोलीले
अहा ! मञ्जरी मुहार सुन्दर आयो !

गुणन, भागा, जोड र घटाउ के गरौँ ?
बाध्यताको शृङ्खलामा कहर आयो

म पनि सँगैसँगै जल्छु क्यार जीवन
लाइटर बनेर हिँडेँ, अघि खर आयो

म उनको एकै नजरमा फसेँ प्रिया
कस्तो हो जीवन, मोहनी मन्तर आयो

किनार काटेर बग्यो जीवन नदीझैँ
उसको दुवैछेउ सुख्खा बगर आयो

रोग निको होला भनेको गाँजियो झन्झन्
ओखतीको असरले उल्टो अभर आयो

देख्दा वसन्त देख्नुहुन्छ सधैँ तपाईँ
जीवनलाई सिध्याउन जीवनकै सहचर आयो

समयले डोर्‍याएको बाटोको छेउछाउमा
बैसाखी, अन्धा, बहिराको शहर आयो

नजर मन–मन नजर जस्तो छ, कहाँ ?
कञ्चन मन हुनेकै दूषित जाँगर आयो

पृथ्वीजस्तो लाग्छ नि मान्छेको मन पनि
शरद्, गृष्म, वसन्त, कतै भने बञ्जर आयो

तिमी आफ्नो हतियार साँध लगाऊ अब
तिम्रो अवसरको खबर बोकेर गुप्तचर आयो

सबै सम्पन्न छन् भन्छौ गाउँमा तिमीहरू
यता सपनामाथि नै बारम्बार कसर आयो


 

Comments
Share
27
Shares

Related Posts

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण
कला / साहित्य

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण

‘मोदीबेनी’ आजबाट रिलिजमा
कला / साहित्य

‘मोदीबेनी’ आजबाट रिलिजमा

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक
कला / साहित्य

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला
कला / साहित्य

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई
कला / साहित्य

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच
कला / साहित्य

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki