काठमाडौं- तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित तीन दिनसम्म दुई सय नवौं भानु जयन्ती मनाउने गरी तयारी गरिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिले उक्त तयारी गरेको हो ।
भानुजयन्तीको अवसरमा स्थानीय मठमन्दिरमा पूजाअर्चना र आज साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरी, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम राखिएको छ ।
सोही अवसरमा यही मंगलबार हुने राष्ट्रियस्तरको खुला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ जनाको कविता प्राप्त भएकामा १५ कविता छनोट भएको छ ।







