Wednesday, May 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपाली कविताहरूको अनलाइन प्रकाशन सुरू

Sunday, May 1, 2022
नेपाली कविताहरूको अनलाइन प्रकाशन सुरू
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – प्रकाशन बजारलाई थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन सुरू गरेको छ । यो कामको लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेर सुरू भएको हो  । नेपालयले सुरू गरेको यो कामलाई ‘नेपालय ई-कविता’ भनिएको छ । यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहनेछन् । यो प्लेटफर्म मार्फत् कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्ने छन् ।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेज मार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन् । हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था हुने छ ।

‘ई-कविता’को परिकल्पना,  व्यवसायिक सेतु हो जसले पाठकसँग कविहरूलाई व्यवसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्नेछ ।

Order Cake Order Cake Order Cake

‘ई–कविता’ का क्युरेटर एवं संयोजक कवि श्रवण मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए ।

‘ई –कविता’को शुरुवात यही बैशाख १७ गते शनिबारदेखि शुरु भएको छ । यो दिन आमाको मुख हेर्ने दिन परेकोले, शृङ्खलाको पहिलो कविताको रुपमा, आमाहरु र अग्रजहरु प्रति सम्मान एवं समर्पण स्वरूप कवि गोपाल प्रसाद रिमालको ‘आमा’ शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारूङले वाचन गरेका थिए ।

यस शृंखलामा अब तपाईं नेपालीभाषाका कविहरूका अप्रकाशित नयाँ सृजनाहरू साप्ताहिक रुपमा पढ्न र उनीहरूकै वाचनमार्फत् आफ्नो काव्यात्मक साहित्यिक प्यासलाई मेट्न सक्नु हुनेछ ।

शुरुको महिना पाठक तथा श्रोताले कविताहरू आफ्नो नाम दर्ता गरेर निशुल्क पढ्न र सुन्न पाउने छन् । त्यसपछि निशुल्क पढ्न पाउने कोटा महिनाको एउटा कवितामा सिमित गरिने छ र सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नु पर्नेछ । “कविता विधालाई व्यवसायिक बनाउने यो हाम्रो सुरुवाती प्रयास हो । विभिन्न अनलाइन श्रोताहरूमा निशुल्क उपलब्ध कविताहरूलाई सशुल्क पठन संस्कारमा परिणत गर्न चुनौतीपूर्ण हुने कटु तथ्य हामीले बुझेका छौँ,” नेपालयका किरण श्रेष्ठ भन्छन् ।

“यो चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विश्वासका साथ योजना सहित ई-कविता सुरु गरिएको हो । यो अभियानलाई कविता मन पराउनु हुने सचेत पाठकहरूले वार्षिक ग्राहक बनेर सहयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु” उनी भन्छन् ।

सार्वजनिक भएको ई-कवितालाई नेपालयको  पेजमा पढ्‍न सकिन्छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण
कला / साहित्य

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण

‘मोदीबेनी’ आजबाट रिलिजमा
कला / साहित्य

‘मोदीबेनी’ आजबाट रिलिजमा

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक
कला / साहित्य

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला
कला / साहित्य

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई
कला / साहित्य

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच
कला / साहित्य

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki