निस्वार्थ माया एकमात्र आमा
![]()
सबिता सुबेदी
प्रेरणाकि स्रोत ममताकी खानी
सन्तानकोलागी सबै दु:ख कष्ट सहने ज्ञानी
निस्वार्थ माया एकमात्र आमाको हुनी
सन्तानको मुस्कानमा आफ्ना सारा थकाइ मेट्नी
जन्म दिई सन्सार देखाउने भगवान उनी
दुधको अमृत घुट पिलाएर हुर्काउने उनी
सन्तानलाई पढाई लेखाइ सक्षम बनाउने उनी
आफ्ना सारा आँसु लुकाई जिउन सिकाउने गुरु उनी
स्वार्थी हुनु हुदैन भनेर सिकाउने उनी
असल आचरणकी नारी आमानै उनी
सुख, दुख हासो, रोदन,सबैलाई अंगाल्दै उनी
छातीमा थुक्दा, कुचल्दा पनि ,फुल्न र फल्न, संघर्ष गर्न सिकाउने उनी
मातातीर्थ औंशी, २०७९बैसाख १७
चितवन








