Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनकाे संयुक्त पुस्तक प्रदर्शनी

Friday, April 15, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं-वैशाख २

नयाँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७८ सालसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ ।

प्रदर्शनीमा प्रज्ञाले प्रकाशन गरेको ‘तस्बिर र नेपाल’, ‘नेपालको धड्कन पञ्चेबाजा’, ‘सङ्ख्य दर्शन र मार्क्सवाद’, ‘द्वि–शैक्षणिक व्याकरण’, ‘नेपाल उपत्यकाका केही जात्रा’, ‘रामानुजाचार्यको विशिष्टाद्वैत दर्शन’, ‘मार्क्सवादी सौन्दर्य चिन्तन’, ‘सुमति’, ‘नेपालका जातीय सामाजिक संस्कार भाग–७’ लगायत विसं २०७८ मा प्रकाशन भएका पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्द्येलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातस्य संस्कार खण्ड १, २, ३, ४, ५ र ६ जस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् ।

प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायतका धेरै विषयका पठनीय अति उपयोगी झण्डै ५०० थरीका पुस्तक, पत्रपत्रिका समावेश गरिएको छ । यसैगरी साझा प्रकाशनले प्रकाशन गरेका ३०० थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

Order Cake Order Cake Order Cake

लोकवार्ता विवेचना, तुफुका कविता, बोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथा र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, चीनका प्राचीन कथा, अमरकोश,  प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, पाकिस्तानी महिला लेखन जस्ता ४० भन्दाबढी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७८ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले दिए । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता तीनदेखि नेपाली बृहत् शब्दकोशको एक हजार ८९५ मूल्य सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उनले सुनाए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । यसैगरी यसअघिका प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक १०० भन्दाबढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक १५ देखि २० हजार भन्दाबढी पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताए ।

Comments
Share

Related Posts

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण
कला / साहित्य

डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण

‘मोदीबेनी’ आजबाट रिलिजमा
कला / साहित्य

‘मोदीबेनी’ आजबाट रिलिजमा

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक
कला / साहित्य

लोमस शर्मा र  अस्मिता रनपालको  अभिनयमामा  “फरर डोरी” सार्वजनिक

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला
कला / साहित्य

अभिनेत्री निशा अधिकारीको मुद्दामा अदालतद्वारा अंश पाउने फैसला

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई
कला / साहित्य

चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण ऐन पास नहुनु रहेको अध्यक्ष भुवन केसीकाे भनाई

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच
कला / साहित्य

पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धि नाच

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki