खै कस्तो कस्तो जिन्दगी
सबिता सुबेदी
खै कस्तो कस्तो जिन्दगी !
कहिले इच्छालाई कुल्चेर हाँस्नु पर्ने जिन्दगी
कहिले आफूलाई नै मारेर खुसी दिनुपर्दो जिन्दगी
खै कस्तो कस्तो जिन्दगी !!
कहिले आफ्नासँग नै लडेर बाच्नु पर्ने जिन्दगी
सबैलाई रिझाएर राख्न गाह्रो जिन्दगी
खै कस्तो कस्तो जिन्दगी!!!
सपनामा डुब्दा डुब्दै यथार्थ नै भुलिन्छ कि जिन्दगी
सपना र कर्तव्य लेख्दा लेख्दै
आफन्त बाटै टाढिन्छ कि जिन्दगी
खै कस्तो कस्तो जिन्दगी!!!!
एउटा को पक्ष लिदा अर्को रिसाईदिन्छ्की
अर्को पक्ष लिदा तेस्रो शत्रु बन्ने जिन्दगी
खै कस्तो कस्तो जिन्दगी!!!!!
स्वार्थी भए सबै बिरोधि भैदिन्छकि
उदारवादी हुदा आफैंलाई कुल्चिदिने जिन्दगी
खै कस्तो कस्तो जिन्दगी!!!!!
जदौ







