Thursday, June 4, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

खोटाङमा नेपाल टेलिकमको ‘घरघरमा फाइबर’ सेवा

Wednesday, April 6, 2022
993
VIEWS
Website Development Website Development Website Development

पविन राई

खोटाङ,चैत्र २३, 

जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइबर) सेवा प्रारम्भ गरेको छ। आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारको तल्लो भेग (बेसक्याम्पभन्दा मुनि) मा उक्त सेवा सञ्चालनमा ल्याइएको हो।

Order Cake Order Cake Order Cake

पुरानो प्रविधिको कपर (तामाको तार) प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक-पटक इन्टरनेट आउने/जाने समस्याका कारण हैरानी खेप्नुपर्ने अवस्था अन्त्य गर्न फाइबर सेवा सञ्चालनमा ल्याइएको शाखा प्रमुख खगेन्द्र मगरले बताए।

टेलिकमले झण्डै वर्ष दिन लगाएर फलामे पोलमार्फत सेवाग्राहीको घरघरमा फाइबर तार पुर्‍याएको छ। आगामी वैशाखभित्र दिक्तेल बजारका सबै ग्राहकलाई फाइबर सेवा उपलब्ध गराइने योजना रहेको उक्त शाखाले जनाएको छ।

टेलिकमका सेवाग्राहीले अब ल्यान्डलाइन टेलिफोन, एडिएसएल इन्टरनेट, मोबाइल डाटा प्याकलगायत सेवा द्रुत गतिमा लिन पाउने भएका छन्। पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन शुरु गरिएको टेलिकमले जनाएको छ।

दिक्तेल बजारमा सञ्चालन गरिएको फाइबर सेवा गाईघाटबाट रसुवाघाट हुँदै दिक्तेल ल्याइएको थियो। दिक्तेल बजारमा फाइबर सेवा सञ्चालनमा आएसँगै टेलिकमले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस (इन्टरनेट, टेलिफोन र टेलिभिजन सञ्चालन गर्न प्रयोग हुने उपकरण) वितरण गरिरहेको छ।

तामाको तारमार्फत जडित एडिएसएल इन्टरनेट सेवा दुई एमबीपीएसदेखि बढीमा पाँच एमबीपीएस गतिमा मात्र चल्ने भएकामा फाइबर प्रविधि जडान गरेपछि घटीमा आठ एमबीपीएसदेखि ८० एमबीपीएस गतिमा चल्ने जनाइएको छ। इन्टरनेट सेवा प्रभावकारी नहुँदा हैरानी खेप्दै आएका उपभोक्ता द्रुत गतिको फाइबर सेवा सञ्चालन भएपछि हर्षित छन्।

फाइबर सेवा सञ्चालनमा ल्याएसँगै टेलिकमले शुल्कसमेत निर्धारण गरेको छ। आठ एमबीपीएसको इन्टरनेटका लागि रु आठ सय, २५ एमबीपीएसका लागि रु १० हजार ५००, ४० एमबीपीएसका लागि रु १५ हजार ३०० र ८० एमबीपीएसका लागि रु २० हजार ५०० शुल्क निर्धारण गरिएको टेलिकमले जनाएको छ।

यसैगरी २५ एमबीपीएसभन्दा बढी क्षमताको सेवा लिने ग्राहकले आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डाटा प्याक तथा २५० मिनेट टेलिफोन निःशुल्क प्रयोग गर्न पाउनेछन्। सेवा लिन चाहने ग्राहकले जडान खर्च भने रु ५०० टेलिकमलाई बुझाउनुपर्ने जनाइएको छ।

दश स्थानीय तह रहेको जिल्लामा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका थिए। सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिनाकागजात) इन्टरनेटमार्फत कामसमेत शुरु गरे पनि इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट सञ्जाल रहेपनि कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर बेखबर भएका छन् भने कतिपयले मासिक रुपमा भुक्तानी लिएर सेवा दिइरहेका छन्।

इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी मारमा पर्दै आएकका छन्। यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्याल आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन्।

Comments
Share

Related Posts

नेपाल टेलिकमद्वारा  फ्री वाइफाइ इन्टरनेट सेवा
सूचना-प्रविधि

नेपाल टेलिकमद्वारा फ्री वाइफाइ इन्टरनेट सेवा

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने
सूचना-प्रविधि

टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागु, उपभोक्ताले आफूले चाहेको च्यानल मात्र छनोट गर्न सक्ने

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश
सूचना-प्रविधि

अफ्रिकी मुलुक इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने
सूचना-प्रविधि

ह्याक भएको त्रिभुवन विश्वविद्यालयको वेबसाइटआजदेखि सञ्चालनमा आउने

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने
सूचना-प्रविधि

जुकरबर्गकाे दीर्घकालीन चाहना: आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) बनाउने

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे
सूचना-प्रविधि

चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्ने देशको सूचीमा जापान पनि थपियाे

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki