Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गङ्गापूर्ण ताल संरक्षण गरिँदै

Monday, January 22, 2024
गङ्गापूर्ण ताल संरक्षण गरिँदै
1.8k
VIEWS
Website Development Website Development Website Development

मनाङ- मनाङ ङिस्याङ गाउँपालिकाले गङ्गापूर्ण ताल पछिल्लो समय सुक्दै गएको छ । मानवीय र वातावरणीय कारणले सुक्दै गएको यो ताललाई पुरानै स्वरूपमा ल्याउने योजना अघि बढाइएको छ । तर योजनाले गति लिन भने नसकेको स्थानीयको आरोप छ ।

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल पनि मनाङमै रहेको छ । पर्यटकीय दृष्टिकोणले पनि यो तीन हजार आठ सय २० मिटर उचाइमा रहेको गङ्गापूर्ण ताल मुख्य मानिन्छ । तर हाल यो ताल खेल मैदान बनेको छ पानी सुकिसकेको छ । अरू पनि यहाँका सानातिना तालहरू सुक्दै हराउँदै गएका छन् ।

सेतो चाँदीका रूपमा रहेको गङ्गापूर्णको अस्तित्व लोप हुन नदिन र यसलाई बचाइराख्न गाउँपालिकाले बजेट पनि छुट्टायो । ठेकेदारको लापरबाहीले गर्दा काम हुन सकेन । झन्झन् तालको अस्तित्व लोप हुँदै गएको छ ।

Order Cake Order Cake Order Cake

‘पालिकाले ताल संरक्षणका लागि तीन करोड पाँच लाख रुपियाँ विनियोजन गरेको छ । ठेक्का लागेर काम पनि सुरु भयो । सामान्य काम गरेजस्तो गरेर पेस्की रकम लिएर ठेकेदार बेपत्ता भएका छन् ।

पटक पटक ताकेता गर्दा समेत ठेकेदार पङ्कज अधिकारी सम्पर्कमा नै नआएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँले हिउँदमा भन्दा पनि वर्षा याममा काम गर्न सजिलो हुने भए पनि ठेकेदार सम्पर्कमा आउन नचाहँदा ठेक्का नै तोड्ने मनस्थितिमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो आर्थिक वर्षमा त आएन अब कसरी काम होला र खै ? असार मसान्तसम्ममा पनि काम भएन भने रद्ध गर्ने सोच बनाएको छु । यही ताल हो भने यसलाई कसरी फेरि पुरानै स्वरूपमा ल्याउन सकिएला र !’

उता मनाङ ङिस्याङ–६ का वडाध्यक्ष सोनाम गुरुङले ठेकेदारले काममा ढिलासुस्ती गरेकाले निजी खर्चमा डोजर चलाउँदै ४ घण्टा लगाएर ताल थुनेर आएको बताउनुभयो । ‘ठेकेदारले काम गर्छु मात्र भन्छ तर सम्पर्कमै आउँदैन’, उहाँले भन्नुभयो– ‘सुरुमा अलिअलि काम भएकै हो । बाटो बनाउने भित्र सामान लैजाने काम गरेकै हो ।’ गङ्गापूर्ण ताल आफ्नै वडामा परेकाले पनि पुरानै स्वरूपमा ल्याउन लागिपरेको वडाध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो– ‘टेन्डर भइसकेकाले पुरिएको तालबाट माटो, बालुवा झिक्ने तयारीमा छौँ ।’

तालको बिचमा ग्याबिन लगाएको आफूले देखेको वडा सदस्य राजु गुरुङले बताउनुभयो । बाटो बनाएर भित्रबाट बालुवा निकाल्ने गुरुङले बताउनुभयो । भिजिट–मनाङ अभियानका फुर्वा लामा गङ्गापूर्णजस्ता हिमतालको संरक्षण प्राथमिकतामा रहनुपर्ने बताउनुभयो ।

जलवायु परिवर्तन र अनपेक्षित हिम पहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुन सक्ने सम्भावना बढेको विज्ञहरू बताउँछन् । गङ्गापूर्ण संरक्षणमा ३ दशमलव ५ मिटर उचाइ र १ सय ९३ मिटर लामो बाँध बनाएर २१ दशमलव ८ हेक्टर क्षेत्रफलमा सुरक्षित राखिने योजना छ ।

सन् १९५७ मा स्विस भूगर्भविद् टोनी हागनले गङ्गापूर्ण तालको तस्बिर प्रचारमा ल्याएपछि यसलाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ । झन्डै ९ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।

Comments
Share
65
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च
स्थानीय

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ
स्थानीय

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki