Friday, January 9, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

Thursday, June 6, 2024
सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर संकलन गरिएको छ। नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर संकलन गरिएको सेनाले जनाएको छ।

सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर संकलन तथा व्यवस्थापन गरिएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार दुई सय २६ किलो कुहिने र आठ हजार सात सय ७४ किलो नकुहिने गरी कूल ११ हजार किलोग्राम फोहर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए।

कुहिने फोहरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ। नकुहिने फोहरलाई काठमाडौं ल्याई पुनःप्रयोग गर्ने कम्पनीलाई हस्तान्तरण गरिएको छ। यस वर्षको सफाइ अभियानमा सगरमाथा, ल्होत्से र नुप्से हिमालका आधार शिविर र सोभन्दा माथिका स्थानबाट १० मेट्रिकटन फोहर र पाँचवटा शव संकलन गर्ने लक्ष्य लिइएको थियो।

Order Cake Order Cake Order Cake

सफाइ टोलीले सगरमाथा हिमालको क्याम्प–३ देखि क्याम्प–४ (बालकुने इलाका) बाट तीन शव, ल्होत्से हिमालको चुचुरो नजिकबाट एक शव र खुम्बु आइसफल इलाकाबाट एकवटा मानव अस्थिरपञ्जर संकलन गरेको छ। संकलित मानवशव तथा अस्थिरपञ्जर आवश्यक कानुनी प्रक्रियापश्चात् व्यवस्थापनका लािग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले जनाएको छ।

हिमालमा बेवारिसे अवस्थामा रहेका शव संकलन निकै चुनौतीपूर्ण मानिन्छ । गत चैत १९ गते सफाइ टोलीले काम थालेको थियो। ५५ दिनको प्रयासपछि उक्त फोहर, शव र अस्थिरपञ्जर संकलन गरिएको हो। यस अभियानमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १० सैन्य जनशक्ति र १८ जना शेर्पा सहयोगीका साथै अन्य आरोही दलका सदस्य प्रत्यक्ष संलग्न रहेका थिए। सफाइ टोलीले सगरमाथाको सफल आरोहणसमेत गरेको थियो।

आधार शिविरमा रहेका समन्वय अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा लुक्लामा रहेको इलाका प्रहरी कार्यालयबाट फोहर तथा शव संकलन तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग प्राप्त भएको सहायक रथी देउजाले जानकारी दिए। अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघ, नेपाल पर्वतारोहण संघ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहेको सेनाले जनाएको छ।

सन् २०१९ मा सञ्चालित अभियानबाट सफाइ टोलीले सगरमाथा र ल्होत्से हिमालबाट १० दशमलव छ मेट्रिकटन फोहर र चारवटा शव संकलन गरेको थियो। विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा अभियान सञ्चालन गरिएको थिएन। सन् २०२१ मा विभिन्न छ हिमालबाट २७ दशमलव ६ मेट्रिकटन फोहर, चारवटा शव र एकवटा अस्थिरपञ्जर तथा सन् २०२२ मा चार हिमालबाट ३३ दशमवल आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको थियो। सन् २०२३ मा सफाइ टोलीले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ दशमलव सात मेट्रिकटन फोहर संकलन गरेको थियो। हिमालमा रहेका फोहर हटाउनका लागि सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ।

विश्व वातावरण दिवसका अवसर पारेर सेनाले आज जंगी अड्डामा विशेष कार्यक्रम गरी यस वर्ष सञ्चालन गरिएको सफा हिमाल अभियानको समापन गरेको छ। अभियानको समापन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले सफाइ अभियान सञ्चालन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताए। सरकारले सफा हिमाल अभियानको मुख्य भूमिका सेनालाई प्रदान गरेको भए पनि सबैको संयुक्त प्रयासबाट अभियान सम्भव भएको उनले बताए। ‘सेनाको एक्लो प्रयासबाट मात्रै यस्ता अभियान सफलतापूर्वक सञ्चालन गर्न सकिँदैन, यो सबैको सामूहिक प्रयासबाट मात्रै सम्भव छ’, उनले भने, ‘अभियानमा सरकार, स्थानीय जनता र यसप्रति सचेतना ल्याउन क्रियाशील विभिन्न निकायका महत्वपूर्ण भूमिका रहेको छ।’

प्रधानसेनापति शर्माले प्रतिकूल मौसम तथा विषम् परिस्थितिका बाबजुद उक्त अभियानका क्रममा संकलन गरिएका फोहर, बेवारिसे शव र अस्थिरपञ्जर आफैँमा महत्वपूर्ण उपलब्धि रहेको बताए। सरकारले दिएको जिम्मेवारी तथा सेनाले लिएको लक्ष्य पूरा गर्न सफाइ टोलीले देखाएको तत्तपरताको उनले सरहाना गरे। ‘यो सुरुआत मात्रै हो, अभियान सञ्चालनपूर्व र पश्चात् भएका केही उपलब्धिले अन्तर्राष्ट्रियरूपमा नेपालले प्रकृति तथा पर्यावरण संरक्षणमा जनाएको प्रतिबद्धता पनि इङ्गीत गरेको छ, यो नेपालीका लागि गर्वको विषय हो’, प्रधानसेनापति शर्माले भने।

नेपाली सेना छ दशकदेखि प्रकृति र पर्यावरण संरक्षण लागेको र कूल सैनिकको १० प्रतिशत जनशक्ति वातावरण संरक्षणमा खटिइएको प्रधानसेनापति शर्माले जानकारी दिए। ‘संसारका कुनै पनि मुलुकमा रक्षा बललाई पर्यावरणीय सुरक्षा सहयोग कार्यमा लगाएको उदाहरण विरलै छ, यो हामीले गर्व गर्ने विषय हो। यो उदाहरणीय ‘मोडल’ हो’, उनले भने। उच्च हिमाली क्षेत्रमा घट्नसक्ने विपद् तथा अन्य अवस्थामा परिचालित हुन सफा हिमाल अभियानले सेनालाई प्रशिक्षणसमेत दिएको उनको भनाइ छ। उक्त साहसिक कदमको उच्च कदर गर्दै प्रधानसेनापति शर्माले अभियानमा सहभागिताका लागि अग्रसर हुने सैनिक तथा गैरसैनिक व्यक्तिलाई बधाई ज्ञापन गरे।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगानाले सफा हिमाल अभियानको पाँचौँ संस्करण सफलतापूर्वक सम्पन्न गरेकामा आभार प्रकट गरे। उनले विश्वसमुदायले भोगिरहेको जलवायु परिवर्तन र जैविक विविधताको ह्रासलगायत संकटसँग जुध्नुपर्ने अवस्थामा हिमालको फोहरमैला हटाउने अभियानलाई विश्व समुदायले नजिकबाट नियालिरहेको बताए।

समारोहमा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, रक्षा सचिव किरणराज शर्मा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, हिमाल आरोहणसँग सम्बन्धित संस्था र सगरमाथा क्षेत्रका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो।

Comments
Share
63
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी
पर्यटन

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर
राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन
आर्थिक, ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki