Friday, January 9, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च

गाेरखापत्र दैनिक

Tuesday, August 20, 2024
स्थानीय तहमा मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च
6.3k
VIEWS
Website Development Website Development Website Development

दैलेख- स्थानीय तहले सरकारी बजेट खर्च गर्दा आन्तरिक आयको परिधि,खर्चको मापदण्ड तयार गरी विविध खर्च गर्ने पाउने कानुनी प्रावधान भए पनि जिल्लाका स्थानीय तहले खर्चको मापदण्ड तयार नगरी करोडौँ रुपियाँ खर्च गर्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा आन्तरिक आयको परिधिभित्र रही औचित्यताका आधारमा खर्चको मापदण्ड तयार पारी खर्च गर्न सक्ने भए पनि खर्चको मापदण्ड नबनाएर जिल्लाका स्थानीय तहले तीन करोड ४८ लाख २७ हजार रुपियाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्लाको नारायण नगरपालिकाले विविध खर्चमा ९२ लाख ४९ हजार रुपियाँ खर्च गरेको  छ । जिल्लाको पुरानो नगरपालिका भए पनि आन्तरिक आम्दानी कति उठ्छ र त्यसका आधार कति खर्च गर्ने भन्ने मापदण्ड समेत नबनाएर उक्त रकम खर्च गरेको छ । साथै महालेखाले प्रतिवेदनमा भनेको छ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ मा नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागु गर्ने व्यवस्था छ तर नगरपालिकाले त्यस्तो प्रणाली तयार गरी लागु गरेको पाइएन । जसले गर्दा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको र सो माथि विश्वस्त हुने सक्ने अवस्था छैन ।

जिल्लाको दुल्लु नगरपालिकाले विविध खर्चमा १६ लाख ७० हजार ,चामुण्डा बिन्द्रासनैनी नगरपालिकाले ३० लाख १२ हजार, आठ बिस नगरपालिकाले २१ लाख ९९ हजार रुपियाँ खर्च गरेका छन् । त्यस्तै ठाटिकाँध गाउँपालिकाले २८ लाख ८९ हजार,भैरवी गाउँपालिकाले २५ लाख ९४ हजार, नौमुले गाउँपालिकाले ४३ लाख ९१ हजार,भगवतीलाई गाउँपालिकाले १६ लाख ६४ हजार,डुगेश्वर गाउँपालिकाले १२ लाख ९४ हजार गुराँस गाउँपालिकाले ३८ लाख ३६ हजार महावु  गाउँपालिको विविध खर्चमा १५ लाख एक हजार,भैपरी आउने खर्चमा चार लाख र आर्थिक साहयतामा एक लाख २५ हजार  गरी कुल २० लाख २९ हजार रुपियाँ खर्च गरेको छ ।

Order Cake Order Cake Order Cake

सरकारी खर्चको मापदण्ड,कार्यविधि,मितव्ययिता सम्बन्धी निर्देशिका जस्ता कानुन प्रदेश सरकार वा सङ्घीय सरकार सँग नबाझिने,स्थानीय तहले निर्माण नगरुन्जेल त्यही कार्यविधि लागु गर्न सकिने  र त्यसका आधारमा बजेट खर्च गर्न सक्ने भए पनि त्यस्ता कानुन निर्माण तर्फ स्थानीय सरकार उदासीन देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ  स्थानीय तहले सरकारी रकम खर्च गर्दा आन्तरिक नियन्त्रण प्रणालीलाई तोकिए बमोजिम प्रभावकारी र विश्वसनीय बनाइ सेवा  प्रवाहलाई सुदृढ बनाउने तर्फ ध्यान दिनुपर्छ ।

त्रिभवन विश्वविद्यालयकाका उपप्राध्यापक एवं स्थानीय शासनबिज्ञ दिपेश घिमिरेले स्थानीय तहका जनप्रतिनिधिले आवश्यकताका र औचित्यका आधारमा खर्च मापदण्ड तयार गरी  बजेट खर्च गर्ने सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको भए पनि त्यो अधिकारलाई सही ढङ्गले स्थानीय तहले उपयोग समेत गर्न नसकेको बताउनुभयो । उहाँले स्थानीय सरकारका अधिकार कटौती वा खर्च प्रणालीलाई अङ्कुश लगाउने भन्दा पनि उनीहरूको क्षमता विकासमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो आवश्यकता र औचित्यका आधारमा खर्च गर्ने रकमलाई स्थानीय तहका पदाधिकारीले कार्यकर्ता पोस्ने गरेका छन् ।

सुशासन विज्ञ दुर्लभ कुमार बोगटीले स्थानीय तहले कुल बजेट मध्ये प्रशासनिक खर्चमा धेरै  र विकास निर्माणका कार्यमा न्यून बजेट खर्च गर्ने गरेको बताउनुभयो । उहाँले विविध खर्च भनेर गाउँपालिका तथा नगरपालिकाले कार्यकर्ता पाल्ने,आफूलाई मन लागेकोलाई कार्यक्रम दिने गरेकाले विविध शीर्षकमा बजेट खर्च गरेको बताउनुभयो । उहाँले भन्नुभयो स्थानीय तहका जनप्रतिनिधिको क्षमता विकास नगरे सम्म यस्ता कार्यले निरन्तरता पाउँछ ।

Comments
Share
78
Shares

Related Posts

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ
स्थानीय

अछामको एक स्वास्थ्य चौकीको ‘फ्रिज’ मा मादक पदार्थ

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एकजनाको मृत्यु
स्थानीय

हुरीले ढालेको रुखले किच्दा एकजनाकाे मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा  लेक लागेर चारजनाको मृत्यु
स्थानीय

यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर चारजनाको मृत्यु

कार्यालय परिसर सफा नराखे कारबाही गर्ने महानगरपालिकाकाे चेतावनी
स्थानीय

काठमाडौँमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी
पर्यटन

वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी ‘ओभर फ्लो’ भएर तटीय क्षेत्रमा बाढी

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एकजनाको मृत्यु
स्थानीय

जङ्गलमा एक जनाको सडेको शव फेला

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर
राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन
आर्थिक, ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki