Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कोइरालाका दृष्टिमा साहित्य, कला र संस्कृति

Friday, July 22, 2022
कोइरालाका दृष्टिमा साहित्य, कला र संस्कृति
1.5k
VIEWS
Website Development Website Development Website Development

१९१४ सेप्टेम्बर ८ मा जन्मिएर १९८२ जुलाई २१ मा ६४ वर्षको उमेरमा मृत्यु वरण गरेका विश्वेश्वरप्रसाद कोइराला साहित्य र राजनीतिक क्षेत्रका सफल व्यक्तित्व हुन् । उनले राजनीति, राष्ट्र, समाजवाद, अर्थतन्त्र, धर्म, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा आफ्ना महŒवपूर्ण अभिव्यक्ति दिएका छन् । यहाँ उनले साहित्य, कला र संस्कृतिका विषयमा राखेका विचारको सङ्क्षिप्त विमर्श गरिएको छ ।
विश्वेश्वरप्रसाद कोइराला साहित्यलाई सभ्यताको प्रतीक मान्छन् । उनले सङ्गीत र भावको संयोजनबाट जन्मेको उच्चतम् दर्शन साहित्य हो भनेका छन् । साहित्य साँघुरो घेराबाट मुक्त हुनुपर्छ । यसको प्रकृति विशाल हुन्छ । त्यसैले उनी भन्छन् ‘‘साहित्य जीवनजस्तै व्यापक छ । यथार्थमा समग्र जीवनको प्रतिबिम्ब नै साहित्य हो ।’’ स्वतन्त्रतामा बाँच्न चाहने कोइराला साहित्यमा पनि स्वतन्त्रता रुचाउँछन् । उनले भाषा व्याकरणका अधिनमा रहनु हुँदैन, व्याकरण पनि राजनीतिजस्तै अग्राह्य चीज हो र भाषा जति उन्मुक्त रहन्छ त्यति नै गतिशील हुन्छ भन्ने विचार अभिव्यक्त गरेका छन् । साहित्य पूर्वाग्रहमुक्त हुनुपर्छ । यसले समाजका विकृति र विसङ्गतिलाई उदाङ्गो पार्न सक्नुपर्छ । त्यसैले कोइराला साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्छन् । साहित्यमा स्वच्छन्द अभिव्यक्ति चाहने उनले लेखकको स्वतन्त्र अभिव्यक्तिमाथि भाषिक विद्वता छाँटिन नहुने त्यसो भएमा भाषा र साहित्यको विकास रोकिने दृष्टिकोण राखेका छन् ।
कला र साहित्य अन्तप्र्रेरणाको अभिव्यक्ति भएकाले यसले स्वतन्त्रता चाहने साथै परम्परागत नियममा नबाँधिई नयाँनयाँ प्रवृत्ति अवलम्बन गर्ने र अतृप्तीलाई अँगाल्ने विचार कोइरालाको छ । फ्रायडको मनोविश्लेषण सिद्धान्तलाई मान्ने उनले साहित्यलाई राजनीतिबाट पृथक राखेका छन् । राजनीति साँघुरो घेरामा बाँच्ने, कानुनको निर्देशन र नियममा बाँधिने तर साहित्य विराट् र खुल्ला हुने भएकाले यी दुईको चरित्र नै भिन्न रहेको दृष्टिकोण उनको छ । कोइराला आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकवादी मान्छन् । उनले संस्कृतिलाई समेत साँघुरो घेराबाट मुक्त गर्दै विश्व संस्कृतिलाई स्वीकार गरेका छन् । उनले मानव व्यवहारलाई संस्कृति मानेका छन् ।
साहित्य र राजनीतिमा भिन्न भिन्न प्रवृत्ति लिएर देखा परेका विश्वेश्वरप्रसाद कोइराला साहित्य र कला मर्यादित नहुने यसैले मर्यादाको सिर्जना गर्ने बताउँछन् । उनले स्वतन्त्र अभिव्यक्तिलाई सर्वोपरी मान्दै जनआवाज र स्वतन्त्र साहित्यमा जोड दिएका छन् । मनोविज्ञानलाई साहित्य सिर्जनाको प्रेरक मान्ने कोइरालाले अन्तरप्रेरणाबाट नै साहित्यमा लागेको अभिव्यक्ति दिएका छन् ।

Comments
Order Cake Order Cake Order Cake
Share
275
Shares

Related Posts

विद्यासागर ‘विन्टर फेस्ट-२०८०
ताजा अक्षर

विद्यासागर ‘विन्टर फेस्ट-२०८०

देशको यथार्थ थाहा पाउँदा आँखाबाट आँसु आउँछ
विचार

देशको यथार्थ थाहा पाउँदा आँखाबाट आँसु आउँछ

सामाजिकता भनेको के हो ? के यसको महत्व छ त ?
विचार

सामाजिकता भनेको के हो ? के यसको महत्व छ त ?

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki