Sunday, December 7, 2025
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सामाजिकता भनेको के हो ? के यसको महत्व छ त ?

Saturday, July 30, 2022
सामाजिकता भनेको के हो ? के यसको महत्व छ त ?
990
VIEWS
Website Development Website Development Website Development

सामाजिकताले कथाभित्रको कथावस्तु र यसको प्रवृत्तिसँग सम्बन्ध राख्तछ । सामाजिक हुनुको गुण तथा धर्म र यससँग सम्बन्धित पक्षहरू सामाजिकतासँग जोडिन्छन् । सामाजिक यथार्थ पक्षसँग जोडेर हेर्दा फोटोग्राफिक प्रस्तुतिको मात्रै प्रसङ्ग आइदेला तसर्थ सामाजिकताले समाजको आन्तरिक र बाह्य पक्ष; जसले सामाजिक भावको विकास गर्छ, लाई जोड दिन्छ । समाजसँग सम्बन्द्ध विषय तथा सामाजिक जीवनका विभिन्न स्तर, वर्ग, पेसा, लिङ्ग, उमेर, विषय, जीवनशैली, संस्कृति, धर्म, परम्परा, घटना एवम् सहभागीको दृष्टिकोण र आन्तरिक तथा बाह्य मूल्य र मान्यताका कुराहरू यसमा समेटिन्छन् । सामाजिक गुण वा धर्मले भरिएको प्रवृत्ति नै सामाजिकताका नामले चिनिने भएकाले समाजमा प्रचलित विभिन्न संस्कार, चालचलन, रीतिथितिका साथै विविध समस्याको वस्तुपरक तथा वर्णनात्मक प्रस्तुति यसमा पाइन्छ । समाजका हरेक कुरालाई समाजसापेक्ष बनाइएको हुने हुँदा यस खाले प्रवृत्तिले राजनैतिक, मनोवैज्ञानिक, समाजमनोविज्ञानिक, सांस्कृतिक, आर्थिक, वातावरणिक, दार्शनिक, धार्मिक, नैतिक, पारिवारिक, राष्ट्रिय, प्राकृतिक आदि सन्दर्भहरूलाई समेट्दछ । साथमा नीतिवादी समस्याप्रधान, यथार्थवादी, भावप्रधान, सौन्दर्यप्रधान, आदर्शवादी, समाजमनोविज्ञानिक र यौनमनोवैज्ञानिक, सांस्कृतिक, चारित्रिक प्रवृत्तिका कथाहरू यसैअन्तर्गत पर्दछन् ।समाजिकता (sociality) ले अझ वृहत् रूपमा समाजको अन्तरङ्ग र बहिरङ्ग दुवै पक्षलाई प्रस्तुत गर्न समाजको संरचना र विकास अनि भाषा, शैली, बोली, अभिवृत्ति, शासन, प्रणाली, मानवको प्रत्यक्ष संलग्नता रहने संस्कार, रहनसहन, आचारविचार, मूल्यमान्यता, लोकप्रचलन, आदर्श, रीतिथिति, अन्याय, अत्याचार, शोषण, दमन, बलात्कार, अपराध तथा कला, साहित्य, दर्शन, इतिहास, धर्म, गीत, वाद्य, नृत्य, चाडपर्व, व्रत आदिको केन्द्रीय प्रस्तुतिलाई झन् कलात्मक ढङ्गले जोड गर्छ । समाजका विकृति र विसङ्गतिलाई व्यङ्गय गर्ने तथा हाँस्यव्यङ्ग्य प्रस्तुतिहरू समेत सामाजिकताअन्तर्गत नै पर्दछन् ।
समाजमा स्थापित भएका समग्र मूल्य मान्यताका मानकलाई समेटेर अगाडि बढ्ने दृष्टिकोण सामाजिक यथार्थवादले दिएजस्तै (पौड्याल, २०७६ ः १३) सामाजिकताले समाजलाई चिनाउन वा प्रस्तुत गर्न प्रयोग भएका बिम्ब, प्रतीक, अलङ्कार र सन्दर्भहरूलाई पनि आफ्नो गर्भमा राखी प्रस्तुत गर्दछ ।
सामाजिकतालाई अङ्ग्रेजीमा sociality भनिन्छ । sociality शब्द social बाट नै बनेको हो । social शब्द sociality बाट बन्यो । society  शब्दले पनि समाजलाई नै जनाउँछ । यसको sociality सँग घनिष्ट सम्बन्ध देखिन्छ । sociality ले सामाजिक प्रवृत्ति, समुदायमा व्यक्तिले देखाउने सामाजिक धर्म, मर्म र कर्म तथा सामाजिक प्राणी हुनुको गुणलाई जनाउँछ । मान्छेलाई कुनकन कुराले सामाजिक बनाउँछन्, केके तत्वहरू समाजको अस्तित्व, पक्ष तथा मूल्यसँग सम्बन्धित छन्, केके तत्वले समाजलाई विविधताभित्रको एकताको ऐनाका रूपमा प्रस्तुत गर्दछन् भन्ने कुरा यससँग सम्बन्धित छ । क्याम्ब्रिज डिक्सनरीले पनि यस शब्दलाई सङ्गठित रूपले निर्माण भएको समाजको सामूहिकताका रूपमा अथ्र्याएको छ । कोलिन्स डिक्सनरीले पनि सामाजिकता शब्दलाई The quality or state of being social वा सामाजिक हुनुको गुण वा तत्वका रूपमा अथ्र्याएको छ भने विस्तारित अर्थका रूपमा यसलाई सामाजिक जीवन तथा सम्बन्धको विकास गर्ने सामाजिक व्यक्ति तथा समूहको प्रवृत्तिका रूपमा प्रयोग गरिएको पाइन्छ । फ्रि डिक्सनरीले पनि सामाजिकतालाई समाज वा समुदाय निर्माण गर्ने प्रवृत्तिका रूपमा प्रयोग गर्दै सामाजिक हुनुको गुणका रूपमा नै प्रस्तुत गरेको छ । सामाजिक बन्न समाजमा गरिने कार्य तथा गतिविधिको पुञ्जका रूपमा सामाजिकतालाई लिइन्छ ।
सिद्धान्ततः हेर्दा सामाजिकताको सम्बन्ध सामाजिक यथार्थवादको नजिक नै देखिन्छ । जसरी सामाजिक यथार्थवादमा समाजमा स्थापित मूल्य र मानकलाई स्वीकार गरी सामाजिक स्थितिको यथावत् चित्रण गरिन्छ वा ती मूल्य र मानकको विरोध गरी सामाजिक रूपान्तरणको अपेक्षा गरिन्छ । यसरी नै सामाजिकतामा पनि एउटा पात्रले समाजमा समायोजन हुन वा सामाजिक बन्न प्रस्तुत गरेका यथार्थ, प्रतीकात्मक तथा सांस्कृतिक अर्थ, प्रयोग, मूल्य र मान्यता तथा आदर्श एवम् समाजका रोग, शोक, भोग, निराशा, कुण्ठा, सुन्दर, असुन्दर सम्बन्धजस्ता कुराहरूको अपेक्षा गरिन्छ ।
समाजलाई कसैले संस्कृतिको एक अंशका रूपमा पनि लिएका छन् त कसैले संस्कृतिको बृहत् विषयका रूपमा समाजलाई लिएका छन् । संस्कृतिले समाजको समूह वा राष्ट्रमा प्रचलित संस्कार, रीतिरिवाज, आचार, विचार, सम्बद्ध समूह जातिका कलाकौशल, धर्म, विश्वास, साहित्य अनि कुनै वस्तुलाई परिष्कृत रूप दिने काम आदिलाई बुझाउँछ । संस्कृतिलाई केही मानवशास्त्रीले सामाजिक व्यवहारका रूपमा अथ्र्याएका छन् भने केहीले यसलाई व्यवहारको अमूर्त पक्षका रूपमा लिएका छन् । संस्कृतविद्ले ढुङ्गाको बञ्चरो माटाका भाँडा, नृत्य, सङ्गीत, फेसन र शैलीले संस्कृतिको निर्माण गर्ने कुरा व्यक्त गरेका छन् ।
मानव जीवनको भोगाइ, दुःख, सङ्घर्ष तथा पीडा र अपमानलाई सामाजिक घटनाका रूपमा स्वीकारी सामाजिक वर्ग र संरचनाको एक अर्थपूर्ण विषयका रूपमा सामाजिक गुणलाई हेरिन्छ । जसमा सामाजिक वर्गको हैसियत र अवस्थालाई समाजको आर्थिक संरचनासँग जोडी वर्ग निर्माण गरिएको हुन्छ । त्यही वर्गले समाजका विभिन्न दृश्यहरूको प्रतिनिधित्व गरेको हुन्छ । दृश्यअनुरूप वर्ग फरक–फरक हुन्छन् । ती दृश्यहरू नै सामाजिकताका मुख्य गुण तथा धर्म हुन् ।
समाजको कला, साहित्य, वर्ग, पेसा, धर्म, वर्ण, राजनीति, संस्कृति, शिक्षा, जीवनशैली, समस्या, उन्नति, अवनति, सङ्कट, विनाश, विकास, परिवर्तन, चेतना, मान्यता, विश्वास, मूल्य, आचारसंहिता, कर्म, एकता, लडाईं तथा भूगोल र गतिविधिलाई सामाजिकताभित्र अटाइन्छ । समाजको दृश्यमा देखिने मानवता, परोपकार, आदर्श, अध्यात्म, सहयोग, सहकार्य तथा मानव सम्बन्धले यसको स्तर निर्धारणमा मद्दत पुग्दछ ।
एक व्यक्ति जब सामाजिक मान्यताअनुरूप विवाहित बन्छ जब २ सदस्यीय परिवारको निर्माण हुन्छ । २ सदस्यीय परिवारबाट ३,४ सदस्यीय हुँदै संयुक्त परिवारको निर्माण हुन्छ । यस्तै परिवारको समूहबाट समाजको निर्माण हुने हो । समाजमा बहुल सोच, बहुल विचार, बहुल दृष्टिकोण, बहुल पहिचान, बहुल जाति, बहुल परम्परा, बहुल पेसा, बहुल वर्ग तथा बहुल संस्कृति र बहुल भाषा हुँदाहुँदै सबै विविधतालाई एउटै सूत्रमा बाँध्ने काम सामाजिकताले गर्छ । समाजमा बस्नु र सदस्य बन्नुको कर्तव्यका रूपमा सामाजिक भावलाई लिइन्छ । यही सामाजिक हुनुको अहम् भाव नै सामाजिकताको गुह्य मन्त्र हो ।
समाजमा विद्यमान सदियौँकालदेखिका आपसी सम्बन्ध र विश्वासहरू हुन्छन् । तिनै आपसका सम्बन्ध, विश्वास तथा अन्तर्दृश्यलाई प्रतिनिधित्व गर्ने काम साहित्यका सहभागी वा पात्रले गर्दछन् । कथा साहित्यमा पनि सोही पद्धतिको लागू हुन्छ । कथा साहित्यले पनि समाजमा विद्यमान रहेको सम्बन्धलाई कथाका सहभागी र तिनका क्रियाकलापका माध्यमबाट विन्यास गर्ने भएकाले सामाजिक सम्बन्धका माध्यमबाट समाजको स्वरूप उपस्थित हुने गर्दछ ।
समाजको चित्रको प्रतिनिधित्व कथासाहित्यका पात्र र वर्णित परिवेश तथा सन्दर्भले गरेका हुन्छन् । समाज र पात्रका बीचको सम्बन्ध, पात्र पात्रका बीचको सम्बन्ध, समाज र परिवेशबीचको सम्बन्ध तथा पात्र र परिवेश बीचको सम्बन्धलाई सामाजिकताको कसीमा राखेर हेरिन्छ । देश, काल र परिस्थितिअनुसार कथाका घटनामा गतिशीलता पाइने भएकाले कथारचनाका प्रसङ्ग, कथाको परिवेश र रचना पद्धतिको विन्यासअनुरूप सामाजिकताको निर्धारण हुन्छ । समाजका विभन्नि घटकको भूमिकाअनुरूप समाजमा उतारचढाव हुन्छ । ती उतारचढावहरूले समाजको परिदृश्य नै परिवर्तन गरिदिन सक्छन् तसर्थ परिवर्तित दृश्यलाई समेत प्रतिनिधित्व गर्ने निश्चित घटकको चयन गरिन्छ र सामाजिकताको निर्माणमा समेत प्रभाव पारिन्छ ।
समाजलाई गतिशील बनाइराख्ने काम त्यहाँको विद्यमान संस्कृतिले पनि गरेको हुन्छ । संस्कृतिको स्वरूपअनुसार समाज निर्मितिको प्रक्रियामा जानसक्दछ । समाजका हरेक पक्षलाई संस्कृतिले प्रभाव पारेको हुन्छ । एउटा व्यक्ति, पात्र वा समूहले अपनाएकोे संस्कृतिले पनि सामाजिकताको निर्माणमा भूमिका खेल्दछ किनकि संस्कृतिभित्र मनुष्यकृत आत्मिक र भौतिक संस्कृतिका विभिन्न रूपहरू पर्दछन् । समाजको विकास र रूपान्तरणमा संस्कृतिले पु¥याउने योगदान, यसका सकारात्मक र नकारात्मक भूमिका तथा मानव संस्कृतिको निर्माणका घटकहरूले समेत सामाजिकताको निर्माणमा प्रभाव पार्छन् । मानव समाजद्वारा निर्माण गरिने संस्कृति एक जटिल समग्रताका रूपमा देखापर्छ र यसको भूमिका एवं प्रभाव पनि बहुआयामिक रहेको पाइन्छ । संस्कृति मनुष्यको भिन्न स्वको आधार, जीवनमूल्य र उत्प्रेरणाको जीवन्त तत्व उसको सिर्जनात्मक सामथ्र्य र उध्र्वगामी यात्राको परिचायक मात्रै रहँदै आएको छैन । बन्धन र उत्पीडनको साधन पनि रहँदै आएको छ ।
कथासाहित्यमा समाजको प्रकटन स्थूल रूपले हुन्छ । समाजको प्रस्तुति भन्नेसाथ कथामा यथार्थता भन्ने कुरो बुझिन्छ । समाजको प्रस्तुतिमा वस्तुपरकता नै रुचाइन्छ । किनकि वस्तुपरकताले मात्रै समाजको दृश्यलाई खिच्तछ । कथाले सामाजिक जीवन वा यथार्थलाई व्यक्त गर्न सक्तछ । पात्रका कार्यव्यापारका माध्यमले समाज वा वर्गको चेतनाको प्रकटन हुन्छ । यथार्थ पद्धतिले लेखकभित्र सिङ्गो समाज देख्छ । बेलायती चिन्तक रेमन्ड विलियम्सले भनेका कुरा पनि समाजको प्रस्तुतिमा सान्दर्भिक देखिन्छन् । उनी भन्छन् “म, कोठामा बसेर लेख्दा एक्लै हुन्छु तर मेरा वरिपरि सिङ्गै समुदाय हुन्छ । तिनका कुराकानी, भाषा र व्यवहारबाट अलग भएर म लेख्नसक्दिन । तसर्थ सामाजिकताका सन्दर्भमा कथासाहित्यको अध्ययन विश्लेषण गर्दा समाजका विभिन्न पक्षलाई ध्यान दिनुपर्छ । समाज त बहुल पक्षहरूको प्रतिबिम्ब हो । लिङ्ग, वर्ग, उमेर, पेसा, जाति, धर्म, भाषा, कर्म तथा भूगोलहरूको सिङ्गो प्रतिबिम्ब नै समाज भएकाले यी सम्पूर्ण पक्षभित्रका सामाजिक गुणहरू सामाजिकताका नामले अर्थिन्छन् । सामाजिकतालाई खोज्न लैङ्गिकता, वर्गीयता, सांस्कृतिकता, जातीयता, भौगोलिकता, भाषिक तथा धार्मिक पक्षहरूको मिहीन ढङ्गले अध्ययन गर्नुपर्दछ ।

Comments
Order Cake Order Cake Order Cake
Share
204
Shares

Related Posts

विद्यासागर ‘विन्टर फेस्ट-२०८०
ताजा अक्षर

विद्यासागर ‘विन्टर फेस्ट-२०८०

देशको यथार्थ थाहा पाउँदा आँखाबाट आँसु आउँछ
विचार

देशको यथार्थ थाहा पाउँदा आँखाबाट आँसु आउँछ

कोइरालाका दृष्टिमा साहित्य, कला र संस्कृति
विचार

कोइरालाका दृष्टिमा साहित्य, कला र संस्कृति

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki