Sunday, March 15, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

Friday, September 20, 2024
चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
5.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले बिहीबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गर्नुभयो । विगतका वर्षभन्दा सात दिनअगाडि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट खाद्य कम्पनीले ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गरेको जनाएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकाका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीका बिक्री कक्ष राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छन् । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले नेपालीका प्रमुख चाड दसैँतिहार, छठसम्म दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सुपथ मूल्य पसल सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले बिक्री केन्द्रसम्म पहुँच नभएका उपभोक्ताका लागि अनलाइन अर्डरमार्फत होम डेलिभरीको व्यवस्था पनि गरेको छ ।

प्रतिकेजी दस रुपियाँ छुट

यसैबिच दसैँमा सरकारले १० रुपियाँ छुटसहित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गर्ने तयारी गरेको छ । कम्पनीले दसैँका लागि जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिने निर्णय गरेको हो । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट ल्याइएका यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

सुपथ मूल्य पसल विस्तार गर्न निर्देशन

सुपथ मूल्य पसल उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले कम्पनीबाट सञ्चालन हुने सुपथ मूल्य पसल देशका ७७ जिल्ला र ७५३ पालिकासम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ । कम्पनीसँग भएको स्रोतसाधन र जनशक्तिलाई परिचालन गरेर सुपथ मूल्य पसल पालिकास्तरसम्म विस्तार गर्न सकियो भने कम्पनीको आफ्नै व्यापार विस्तार हुने उहाँले बताउनुभयो । मन्त्री भण्डारीले कम्पनीले यो वर्ष सम्भव नभए पनि आगामी वर्षदेखि खाद्य कम्पनीले आफ्नो उपस्थिति पालिकासम्म पुग्ने गरी योजना बनाउनु पर्छ भन्नुभयो ।

कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले खाद्य कम्पनीले सुरु गरेको सुपथ मूल्य पसलबाट सबैले राहत पाउनुपर्ने बताउनुभयो । कम्पनीले सीमित ठाउँमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा सबैको पहुँच नहुने भएकाले अनलाइन अर्डर र होम डेलिभरीलाई व्यवस्थित गरेर सबैलाई सर्वसुलभ रूपमा खाद्यवस्तु उपलब्ध गराउने व्यवस्था गरिने बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आचार्यले कम्पनीको सीमित भौतिक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोतसाधनको सीमितताका कारण सबै जिल्ला तथा पालिकामा चाडपर्वलक्षित सुपथ पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु तत्कालका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ र माधव तिम्लिसेनाले कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो ।

यसैबिच मन्त्री भण्डारीले पौष्टिक तìव स्तरोन्नति गरिएको चामल (फोल्टिफाइड राइस) मिलको उद्घाटन गर्नुभयो । उक्त चामल खाद्य कम्पनीले थापाथलीबाट तयारी गरेर बिहीबारबाट बिक्री गर्न थालेको छ ।

कम्पनीका अनुसार उक्त चामल उपभोग गर्दा पौष्टिक तत्वको कमी हुनबाट बचाई बालबालिका तथा वयस्कलाई समेत शारीरिक तथा मानसिक वृद्धि विकासमा सहयोग पुग्ने दाबी गरिएको छ ।

Comments
Order Cake Order Cake Order Cake
Share
58
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

अर्थतन्त्रका सूचक विस्तारै सकारात्मक हुँदै- अर्थमन्त्री  पौडेल
आर्थिक

अर्थतन्त्रका सूचक विस्तारै सकारात्मक हुँदै- अर्थमन्त्री पौडेल

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki