Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा

गाेरखापत्र दैनिक

Tuesday, June 11, 2024
श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा
64
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- कुनै समय छ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । सञ्चिति खस्किएर टाट पल्टिएको श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा पुगेको राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा नियमित रूपमै थुप्रिन थालेको छ । चालु आवको वैशाखसम्मको तथ्याङ्क समेटेको उक्त प्रतिवेदनले समीक्षा महिनासम्म मुलुकसँग १९ खर्ब ४२ अर्ब ४० करोड रुपियाँ अर्थात्  १४ अर्ब ५४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । यस्तो सञ्चितिमध्ये २२.१ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ भने बाँकी अमेरिकी डलर रहेको छ ।

चालु आव १० महिनामै मुलुकसँग चार खर्ब रुपियाँभन्दा बढी विदेशी मुद्रा थपिएको प्रतिवेदनमा उल्लेख छ । २०८० असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ विदेशी मुद्रा रहेको पछिल्ला १० महिनामा २६.२ प्रतिशतले सञ्चिति बढेको हो ।

Order Cake Order Cake Order Cake

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग मात्रै १७ खर्ब २२ अर्ब दुई करोड रुपियाँ रहेको छ भने राष्ट्र बैङ्कबाहेकका बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ९३ अर्ब ५९ करोड रुपियाँ विदेशी मुद्रा सञ्चित छ । सञ्चित कुल विदेशी मुद्राबाट अहिलेको औसतमा १२ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कको अनुमान छ । त्यस्तै उक्त सञ्चितिले १५ महिना तीन दिनको वस्तु आयात धान्न पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

घट्दो आयात र बढ्दो विप्रेषणका कारण पछिल्लो समय विदेशी मुद्रा थुप्रिँदै गएको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म मुलुक भित्रिने विप्रेषण १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो आप्रवाह २३.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिसम्म आयात विगतको तुलनामा २.४ प्रतिशतले घटेर १३ खर्ब तीन अर्ब रुपियाँ पुगेको छ । त्यस्तै निर्यात पनि ३.६ प्रतिशतले घटेर एक खर्ब २६ अर्ब रुपियाँ कायम भएको छ । बाह्य अर्थतन्त्रमा देखिएको सुधारले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम अर्थात् शोधनान्तर स्थिति पनि मजबुत अवस्थामा देखिन्छ । राष्ट्र बैङ्कका अनुसार २०८१ वैशाखसम्म तीन खर्ब ९२ अर्ब रुपियाँले शोधनान्तर स्थिति बचतमा छ । त्यस्तै आयात निर्यातसहित कारोबार समेटिने चालु खाता पनि बचतमा रहेको प्रतिवेदनले देखाउँछ । तथ्याङ्क अनुसार वैशाखसम्म एक खर्ब ९३ अर्ब रुपियाँले मुलुकको चालु खाता बचतमा छ ।

मूल्यवृद्धि ४.४ प्रतिशत मात्रै 

वैशाखमा मूल्यवृद्धिदर विगतको तुलनामा कम तहले मात्र बढेको राष्ट्र बैङ्कले जनाएको छ । उक्त महिना उपभोक्ता मूल्यवृद्धि ४.४० प्रतिशत मात्र रहेको उल्लेख छ । जब कि गत वर्ष वैशाखमा यस्तो दर ७.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९६ प्रतिशत मात्रै रहेको छ ।

भौगोलिक रूपमा हिमालको मूल्यवृद्धि सबैभन्दा कम अर्थात् ४.२२ प्रतिशत रहेको छ । त्यसपछि काठमाडौँ उपत्यकामा ४.३० प्रतिशत तराईमा ४.३२ प्रतिशत र पहाडमा ४.७० प्रतिशतको मूल्यवृद्धि रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।

Comments
Share
1.7K
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki