काठमाडौं – धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा बन्द भएको छ । यस दिन घटेको बजारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज इष्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
आइतबार पाँच अर्ब १८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।







