काठमाडौं- चाबहिल सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाउँदा अन्य ५ जना घाइते भएका छन् । बुधबार ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफ्नो शरीरमा आगो लगाउँदा उनीसहित परिवारका ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनु्सार बुवाले छर्केको पेट्रोलका कारण शरीर जलेर उनका २४ र १६ वर्षका दुई छोरी गम्भीर घाइते भएका छन् ।
Comments
Share