Monday, February 23, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

Monday, February 23, 2026
993
VIEWS
Website Development Website Development Website Development

 

यही फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाको विभिन्न टोल, वस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान र मतदाता भेटघाटलगायत कार्यक्रमहरु सम्पन्न भएका छन् । मंगला गाउँपालिकाको १ नम्बर वडा कुहुँ, पैयुँपाटा, २ नम्बर वडा हिदी र ५ नम्बर वडा अर्मन तथा सिरकुममा निर्वाचन अभियान अन्तर्गतका चुनावी सभा, बहस तथा मतदाता भेटघाट र घरदैलोलगायत कार्यक्रमहरु सम्पन्न गरिएको एमाले म्याग्दीले जनाएको छ ।

कुहुँ र अर्मनको विभिन्न ठाउँको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले म्याग्दीबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका नेता हरिकृष्ण श्रेष्ठले ‘समृद्ध म्याग्दी र सुखी म्याग्देली’ बनाउने महान् अभियानसहित नेकपा एमाले र आफू आसन्न निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले म्याग्दीको समग्र विकास गरेर जिल्लालाई अगाडि बढाउनको लागि एमाले पार्टी र एमालेका उम्मेदवारहरु निर्वाचनको मैदानमा आएकाले एमालेको पक्षमा भोट दिएर आफूहरुलाई जिताउन मतदातासमक्ष आग्रह गर्नुभयो । म्याग्दीको विकास गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी स्पष्ट भिजन र योजना आफूहरुको रहेकाले एमाले उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाइ छ ।

Order Cake Order Cake Order Cake

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार नरदेवी पुनले फागुन २१ गतेको निर्वाचन देश जलाउने र देश बनाउनेहरुको बीचको लँडाइ भएकाले ढुक्कसँग एमाले पार्टी र एमालेका उम्मेदवारलाई आफ्नो अमूल्य मत दिएर जिताउन मतदाताहरुलाई अनुरोध गर्नुभएको छ । उहाँले देशमा वि.सं. २०५१ सालदेखि नै नेकपा एमालेले जनमुखी कार्यक्रमहरु ल्याएर देशको विकास गरेको बताउँदै म्याग्दी जिल्लामा पनि यसअघि आफू सांसद र मन्त्री बन्दा धेरैभन्दा धेरै बजेटहरु परिचालन गरी विकास निर्माणमा लगाएको बताउनुभयो । उहाँले म्याग्दीमा विकास निर्माणको जग नेकपा एमालेको पालादेखि बसेको बताउँदै विगतमा सुरु गरेका र पुरा हुन बाँकी रहेका योजनाहरुलाई पूर्णता दिनको लागि अबको निर्वाचन पनि एमालेले जित्नुपर्ने बताउँदै एमालेको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका निर्वतमान केन्द्रीय सदस्य एवं पूर्व सांसद भूपेन्द्रबहादुर थापाले आफू सांसद रहेको समयमा समग्र म्याग्दीको विकासका लागि विभिन्न पूर्वाधारहरुको निर्माणमा विशेष जोड दिनुका साथै पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले म्याग्दीलाई हिमाली जिल्लाको रुपमा सूचीकृत गराई हिमाली जिल्ला सरहको सेवासुविधा प्राप्त गर्नका लागि आवश्यक पहल गरेको बताउँदै जिल्लामा सडक विस्तार तथा स्तरोन्नति, विद्यालय भवनहरु तथा पर्यटकीय पदमार्गहरुको निर्माण, झोलुङ्गे पुल र पक्की मोटरेबल पुल निर्माण जस्ता ठूला योजनाहरु सञ्चालन भएको बताउनुभयो । अब बाँकी विकासका पूर्वाधारहरु निर्माण गर्नका लागि पनि एमाले र एमालेका उम्मेदवारहरुलाई जिताउनुपर्ने उहाँको भनाइ छ ।

Comments
Share
1
Share

Related Posts

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आज एसईई नतिजा सार्वजनिक हुँदै
समाचार

कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार

भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु

त्रि. वि. विद्यार्थी कल्याण परिषदद्वारा  आगामी फागुन २८ मा स्व. वि. यु,को निर्वाचन गर्ने प्रस्ताव
समाचार

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर
राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन
आर्थिक, ताजा अक्षर
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
ताजा अक्षर
ग्वार्कोमा बनेको 'ओभरपास’मा आजदेखि गाडी चल्ने
ताजा अक्षर
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki