काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आगामी परीक्षा हेरफेरको निर्णय लिन आज बिहान डाकेको बैठक जारी छ ।
शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा हेरफेरको एजेन्डासहितको बैठक जारी रहेको बैठकमा सहभागी बोर्डका एक सदस्यले जानकारी दिए ।
नजिकिँदो परीक्षा भएपनि शिक्षक हडतालका कारण परीक्षाका लागि अभिमुखीकरण लगायतका काम पनि अघि बढ्न सकेका छैनन् । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारीसहितका आफूहरुका माग पूरा नभएसम्म शिक्षकहरुलाई कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन निर्देशन दिएको छ ।
५ लाखभन्दा बढी परीक्षार्थी रहेको कक्षा १२ को परीक्षा सञ्चालनका लागि २० हजार जनशक्ति आवश्यक पर्छ । परीक्षाका लागि जापानकाे एभरेष्ट स्कुलसहित १ हजार ५ सय ९१ परीक्षा केन्द्र रहेका छन् ।