Friday, April 17, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सङ्घीय सरकार मातहतका २० सहकारी संस्था ‘समस्याग्रस्त’ घोषणा

गाेरखापत्र दैनीक

Sunday, April 21, 2024
सङ्घीय सरकार मातहतका २० सहकारी संस्था ‘समस्याग्रस्त’ घोषणा
5.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ-  सङ्घीय सरकार मातहत दर्ता भएकामध्ये २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरिएको छ । गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ । २० मध्ये दुई/दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ । यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १३ करोड रुपियाँ लगानी गराउने फरार अभियुक्त गितेन्द्रबहादुर राईले अर्को सहकारी संस्था पनि डुबाएका छन् ।

Order Cake Order Cake Order Cake

सरकारले २०७५ असार १८ गते खुशचन्द्र श्रेष्ठ अध्यक्ष रहेको कुबेर बचत तथा ऋण सहकारी संस्था लमिटेड र प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसै गरी राजु श्रेष्ठ अध्यक्ष रहेको स्ट्यान्डर्ड मल्टिपर्पोज  कोअपरेटिभ लिमिटेड र चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडलाई २०७५ असार १८ गते नै समस्याग्रस्त घोषणा गरेको थियो ।

सुप्रिम सहकारी प्रकरणमा मुछिएका राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडलाई सरकारले २०८० माघ ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार हाम्रो नयाँ कृषि सहकारी संस्थाका तीन हजार २०१ बचतकर्ताको ११ अर्ब रुपियाँभन्दा बढी बचत हिनामिना गरेको दाबीसहित समितिको कार्यालयमा निवेदन परेको छ । उहाँले भन्नुभयो, “दाबी निवेदन आह्वान गरिएका सहकारीको प्रारम्भिक आर्थिक कारोबार सङ्कलन गर्दा एउटै सहकारीको ११ अर्ब, अन्य सहकारीको चार अर्ब २५ करोडसहित १७ अर्बभन्दा बढी अपचलन भएको पाइएको छ ।”

उहाँले गत चैत १३ गते समस्याग्रस्त घोषणा गरिएको गौतमश्री बहुद्देश्यीय सहकारी संस्थाका सन्दर्भमा छानबिन, अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले समस्याग्रस्त घोषणा गरेपछि गौतमश्री सहकारीको अधिकार स्वतः निलम्बन भएको सूचना प्रकाशित भइरहेको छ । सहकारीका कागजात सङ्कलनको काम पनि अगाडि बढाइएको छ ।”

उहाँका अनुसार सञ्चालक, व्यवस्थापक, कर्मचारी र सहकारी संस्थासँग सम्बन्धित देखिएका कम्पनीको चलअचल सम्पत्ति खोजतलास र रोक्का गर्ने काम पनि समितिले अगाडि बढाएको छ ।

सरकारले कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिड एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।

त्यसै गरी सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरिएन्टल कोअपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि समस्याग्रस्त घोषणा गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सरकारले कोहीनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पनि समस्याग्रस्तको सूचीमा राखेको छ । उहाँका अनुसार हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड र लालीगुराँस बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सूचीमा परेपछि समितिले छानबिन, सम्पत्ति रोक्का र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

उहाँले २० सहकारी संस्थामध्ये स्ट्यान्डर्ड मल्टिप्रपोज, कुबेर सहकारी र चार्टर्ड सेभिङले बचत माग दाबीकर्ताको रकम भुक्तानी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सोसाइटल सहकारी र लुःनिभा बहुद्देश्यीय सहकारी संस्थाको बचत फिर्ताको काम अन्तिम चरणमा पुगेको छ तर सोसाइटल सहकारीको मुद्दा सर्वोच्च अदालतबाट किनारा लागेपछि मात्रै थप प्रगति हुने छ ।”

उहाँका अनुसार अन्य सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा कर्मचारीको रोक्का राखिएका सम्पत्ति लिलामी प्रक्रियामा छ ।लालीगुराँसका सञ्चालकले समस्याग्रस्त घोषणा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेको थियो तर अदालतले अन्तरिम आदेश नदिएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सदस्य सचिव पौडेलले भन्नुभयो, “सहकारीको अनियमितताको विषय आइसकेपछि सरकारले समस्याग्रस्त घोषणाको निर्णय गरेको हो । अदालतले अन्तरिम आदेश नदिएपछि समितिले कारबाही अघि बढाएको छ ।”

सङ्घमा भन्दा प्रदेशमा भयावह

सङ्घीय सरकार मातहतका १४५ सहकारीमध्ये समस्याग्रस्त घोषित २० वटा सहकारी संस्थाबाट २० अर्ब रुपियाँभन्दा बढी अनियमितता भएको छ । समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालले आफैँ सञ्चालक आफैँ ऋणी भएकाले अधिकांश सहकारी संस्था डुबेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहकारी सञ्चालकले सहकारीमा नागरिकले राखेको बचत दुरुपयोग गरेर आफैँ, आफ्नी पत्नी, छोराछोरी, ज्वाइँ, सालासालीदेखि अरू नातेदारसम्मलाई अनुचित तरिकाले ऋण दिने र सहकारीसँग असम्बन्धित क्षेत्रमा लगानी गरेकैले यी २० वटा सहकारी समस्याग्रस्त भएका हुन् ।”

उहाँका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा झन्डै ३२ हजार सहकारी संस्था दर्ता भएकामध्ये पाँच सय समस्याग्रस्त छन् । उहाँले भन्नुभयो, “यो सङ्ख्या आधिकारिक होइन, एक वर्षयता दिनैपिच्छे सहकारी पीडितको उजुरी तल्लो तहबाटै आइरहेका छन् । वास्तविक तथ्याङ्क आएमा केही हजार सहकारी समस्याग्रस्त भएका हुन सक्छन् ।”

Comments
Share
54
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki