Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपाल स्टक एक्सचेन्जलेको वर्गीकरणमा चारवटा वाणिज्य बैंक सबैभन्दा खराब

Sunday, February 18, 2024
नेपाल स्टक एक्सचेन्जलेको वर्गीकरणमा चारवटा वाणिज्य बैंक सबैभन्दा खराब
7.9k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ-  वित्तीय रूपमा पारदर्शी, नियामक निर्देशन अक्षरंश पालना गर्ने तथा संस्थागत अनुपालनमा अब्बल मानिएका वाणिज्य बैंक पनि दोस्रो बजारको वर्गाीकरण सूचीअनुसार सबैभन्दा कमसल ठहरिएका छन्। नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीको वर्गीकरण गर्दै चारवटा वाणिज्य बैंकलाई सबैभन्दा खराब वर्ग अर्थात् ‘क्लास जेड’मा राखेको हो।

यी बैंकहरू कृषि विकास, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु बैंक हुन्। सबैभन्दा राम्रो वर्ग अर्थात् ‘क्लास ए’ मा ८ बैंक अटाएका छन्। बाँकी वाणिज्य बैंकको दोस्रो बजार वर्गीकरण मध्यम स्तरको छ।

नेपाल स्टक एक्सचेन्जले बिहीबार चालू आर्थिक वर्षको दोस्रो त्रैमास सकिँदा कम्पनीहरूको प्रस्तुतीकरणका आधारमा सो वर्गीकरण गरेको हो। नेप्सेको वर्गीकरणमा कुल ३१ कम्पनी क्लास ‘ए’ मा परेका छन्। पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार ३१ वटा कम्पनीहरू ‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंकसहित ७ वटा विकास बैंक, एउटा फाइनान्स, ६ वटा माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावर, नेपाल रि–इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल टेलिकम, हाइड्रोपावर इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक छन्।

Order Cake Order Cake Order Cake

क्लास ‘ए’ मा पर्ने विकास बैंकहरू गरिमा, लुम्बिनी, महालक्ष्मी, मितेरी मुक्तिनाथ, सांग्रिला र साइन रेसुंगा हुन्। आईसीएफसी फाइनान्स तथा छिमेक, फस्र्ट, जीवन विकास, साना किसान, एनआईसी एसिया र स्वावलम्बन लघुवित्त क्लास ‘ए’ मा अटाउँदा बुटवल पावर, चिलिमे हाइड्रोपावर र सानिमा हाइड्रोपावर पनि सो सूचीमा अटाएका छन्।

यता, ‘क्लास बी’ मा ३५ वटा कम्पनी, ‘जी’ मा ७० वटा र ‘जेड’ वर्गमा १३५ वटा कम्पनी छन्। नेप्सेले सूचीकृत कम्पनीहरूलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेड’ गरी ४ समूहमा वर्गीकरण गर्दै आएको छ। नेप्सेले वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन पनि आग्रह गरेको छ। नेप्सेको जेड वर्गीकरणमा परेका सम्पूर्ण कम्पनीहरू नियम अनुपालनामा खराब रहेको संकेत गर्छ।

क्लास जेडमा ४ वाणिज्य बैंकसहित ७ विकास बैंक, १३ वित्त कम्पनी, ३४ लघुवित्त, १७ वटा बिमा कम्पनी पनि परेका छन्। कतिपय कम्पनीहरूले क्रेडिट रेटिङ नगराएका तथा गरे पनि नेप्सेमा सो विवरण पेस नगरेका कारण क्लास ‘ए’ र ‘बी’ नसमेटिने गरेका छन्।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५, को विनियम ११ बमोजिम कम्पनीहरूको वर्गीकरण सूची सार्वजनिक गर्दै आएको छ। प्रकाशित वर्गीकरणबाट असन्तुष्ट कम्पनीहरूलाई कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन समय दिइएको छ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ‘ए’ मा रहने संगठित संस्थाको कम्तीमा १ अर्ब चुक्ता पुँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रही लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ।

वर्ग ‘ए’ जस्तै ‘बी’ मा पनि तोकिएको प्रावधान पूरा भएको कम्पनी मात्र पर्ने गर्छन्। ‘बी’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पुँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन वर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसतभन्दा एक तहमुनिको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ‘ग’ मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ। यसरी ‘जी’ वर्गको वर्गीकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ‘जेड’ वर्गमा पर्छन्।

Comments
Share
81
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki