Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ अब भवन निर्माण व्यवसायमा

Friday, January 26, 2024
दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ अब भवन निर्माण व्यवसायमा
5.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भवन निर्माण व्यवसायमा पनि हात हालेको छ । कर्पोरेसनले उपभोक्ताको चाहना अनुसार घर बनाइदिने तथा आफैँ जग्गा किनेर भवन बनाएर बिक्रीवितरण गर्ने काम पनि सुरु गरेको छ ।

कर्पोरेसनका विभागीय प्रबन्धक व्रजेश झाले नयाँ कम्पनी फ्युचर वर्कस् बिल्डिङ सोलुसन प्रालि स्थापना गरी नयाँ प्रविधिको घर निर्माण गरिदिने तथा आफैँ पनि घर निर्माण गरेर बेच्ने कार्य सुरु गरिएको बताउनुभयो । नेपाल भूकम्प जोखिमयुक्त देश हो, त्यस अवस्थालाई सुहाउँदो इँटा, बालुवा, कङ्क्रिट प्रयोग नगरी घर निर्माण गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको हलुका र भूकम्प प्रतिरोधी घर निर्माण गरेर उपभोक्तालाई सुलभ सेवा दिने हो ।” यसका लागि कर्पोरेसनले अमेरिकी कम्पनी फिनाकलसँग व्यावसायिक साझेदारी पनि गरेको छ ।

Order Cake Order Cake Order Cake

“कर्पोरेसनले तयार गर्ने घर डिपिसीभन्दा माथि पानीको प्रयोग करिब हुँदैन,” उहाँले भन्नुभयो, “फाउन्डेसन बनिसकेपछि त्यसमा बोल्ट निकालेर स्टिल स्ट्रक्चर, प्लाइउड, बोर्डलगायतका वस्तु प्रयोग गरेर घर बनाउने प्रविधि हो यो ।” यो प्रविधिमा डिपिसीसम्म पुरानै प्रविधिबाट बनाइन्छ । त्यसपछि नटबोल्ट राखेर लाइट गेज स्टिल (एलजिएस) का फ्रेम राखेर घर बनाइन्छ । स्टिलका सो फ्रेमभित्र विभिन्न प्रकारका बोर्ड राखेर पर्खाल निर्माण गरिन्छ ।

छानोमा अहिलेका नयाँ प्रविधियुक्त सामग्री राख्न वा ढलान पनि गर्न मिल्ने बताउँदै उहाँले झ्याल र ढोका युपिभिसी वा काठका पनि राख्न सकिने बताउनुभयो । कर्पोरेसनले काठमाडौँको दहचोकमा यही प्रविधिको प्रयोग गरेर १० वटा घर बनाइसकेर बिक्री पनि खुला गरिसकेको छ ।

नेपालको भौगोलिक अवस्थाले गर्दा सबैले पिल्लर भएको आरसिसी प्रविधिबाट घर बनाउन सक्दैनन् । एउटै ट्रकमा तीन वटा घर बन्न सक्ने सामग्री बोकेर जुनसुकै ठाउँमा गएर घर निर्माण गर्न सकिने भएकाले यो नेपालका लागि उपयुक्त प्रविधि भएको उहाँले बताउनुभयो ।

एलजिएस प्रविधिले घर बनाउँदा कोठाहरू फराकिलो हुनुका साथै हलुका पनि हुन्छ । एलजिएस प्रविधिबाट घर बनाउँदा तापक्रम र साउन्डप्रुफ पनि मिलाएर राख्न सकिने कम्पनीले जनाएको छ ।

डिपिसीभन्दा माथिको भाग लाइट गेज स्टिल (एनजिएस) र बोर्डबाट बन्ने भएकाले यो घरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सकिने विभागीय प्रबन्धक झाले बताउनुभयो ।

Comments
Share
43
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki