Tuesday, March 17, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

८२ हजार चार सय ५३ पर्यटकले गरे मुस्ताङ भ्रमण

Monday, November 27, 2023
८२ हजार चार सय ५३ पर्यटकले गरे मुस्ताङ भ्रमण
2.4k
VIEWS
Website Development Website Development Website Development

 हिमालपारlको जिल्ला मुस्ताङ भ्रमणमा पछिल्लो एक महिनामा आएका आन्तरिक तथा बाह्य पर्यटकले झण्डै एक अर्बभन्दा बढी रकम खर्च गरेका छन् । हवाइ तथा स्थल मार्गबाट आएका ८२ हजार चार सय ५३ पर्यटकले उक्त रकम खर्चेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार कात्तिक महिनामा स्थलमार्गबाट ७३ हजार आठ सय ७९ आन्तरिक र पाँच हजार ५ सय ४ जना बाह्य पर्यटकहरुले मुस्ताङ भ्रमण गरेका छन्। मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेका अनुसार दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ आएकाहरुको घाँसा प्रहरी चौकीले तथ्याङ्क राख्ने गर्छ ।

त्यस्तै, लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ । बाह्य पर्यटकको अभिलेख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)को जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् । त्यस्तै, नागरिक उड्ययन प्राधिकरण मुस्ताङका हिरोण साहका अनुसार हवाइमार्गमार्फत मुस्ताङ भित्रिने पर्यटकमा धेरैजसो भारतीय छन् । भारतीय पर्यटक हवाइ मार्गबाट आउने र मुस्ताङको मुक्तिनाथ दर्शनपछि फर्किने उहाँको भनाइ छ । दुई सय ५४ उडानमार्फत कात्तिक महिनामा तीन हजार ७० जना यात्रु हवाइ मार्गबाट मुस्ताङ प्रवेश गरेका थिए ।

Order Cake Order Cake Order Cake

प्रनाउ पाण्डेका अनुसार मुस्ताङ घुम्ने पर्यटकको लर्को लाग्दा उक्त महिनामा १३ हजार नौ सय एक सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए । मुस्ताङ भ्रमणका लागि धेरै बुलेट मोटरसाइकल सहित छ हजार चार सय आठ मोटरसाइकलले यात्रा गरे । त्यसैगरी, छ हजार दुई सय ८९ कार तथा जिप मुस्ताङ प्रवेश गर्ने क्रममा अधिकांश स्कोरपियो गाडी आएका थिए । कात्तिकमा सात सय ५० वटा बसमार्फत आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए ।

मुस्ताङ भ्रमण गर्न आउने पर्यटकले मुस्ताङका मनोरम पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरुलाई निकै आकर्षक तवरले अवलोकन गर्ने गर्छन् । हिमालपारीको जिल्ला मुस्ताङका मुख्यमुख्य स्थलहरु मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड, टुकुचे, छैरोलगायत धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पछिल्लो समय बढ्दै गएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको भनाइ छ । मार्फाका पर्यटन व्यवसायी  लालचनले भन्नुभयो, “मुस्ताङ भित्रने पर्यटकले सरदर रुपमा एकपटक आउँदा १० देखि १२ हजार खर्च गर्ने हुँदा पनि एक अर्ब रुपियाँभन्दा बढी रकम खर्चिएका छन् ।”

बेनी जोमसोम सडक खण्ड अन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरमा रहेको होटल ताजमहलका सञ्चालक टङ्कलाल श्रेष्ठका अनुसार दैनिकजसो मुस्ताङ भ्रमण जाने बस तथा स्कोरपियो एवम् मोटरसाइकलमा सवार व्यक्तिहरुले इन्धन, गाडी भाडा तथा बसाइ र खाना अनि सामान्य किनमेललाई पनि आधार मान्दा सरदरमा १२ हजारभन्दा धेरै खर्च गर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कतिपय आठ हजार रुपियाँको प्याकेजमा पनि आउनुहुन्छ भने कतिपय १९ हजारको प्याकेजमा पनि आउने गर्नुहुन्छ, त्यही भएकोले सरदर प्याकेज हिसाब गर्दा १२ हजारभन्दा माथि नै खर्च गर्ने देखिन्छ ।”

मुस्ताङ प्रवेश गर्ने मुख्य मार्ग भनेको बेनी–जोमसोम सडकमार्ग भए पनि मुस्ताङ प्रवेशको पुरानो मार्ग भनेको हवाइ मार्ग नै हो । हवाइ मार्गमार्फत पनि मुस्ताङमा उल्लेख्य मात्रामा पर्यटक भित्रिएको मुक्तिनाथका पर्यटन व्यवसायी अमृत सुवेदीको भनाइ छ । हवाइ तथा स्थलमार्गबाट आएका पर्यटकहरु दैनिक सरदर दुई हजारभन्दा बढी मुक्तिनाथ पुग्ने उहाँको भनाइ छ । पछिल्लो तीनचार वर्षको तथ्याङ्क अनुसार यो वर्ष मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको उहाँको तर्क छ ।

Jomsom Muktinath - Golden Himalayan Zone Treks Nepal

Comments
Share
24
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki