Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल

रासस

Saturday, November 18, 2023
चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल
2.4k
VIEWS
Website Development Website Development Website Development

तनहुँ –चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो।

बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताए। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताए। प्रधानले भने, ‘यो पर्यटकको घुम्ने समय हो। बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दैछ।’

बन्दीपुरमा दसैँ सुरु भएदेखि नै पर्यटकको चहलपहल बढेको र उक्त संख्या यतिबेला अझ बढेको उनको भनाइ छ। बन्दीपुरमा विशेष गरी चिनियाँ पर्यटकको संख्या बढी भएको उनले जानकारी दिए।

Order Cake Order Cake Order Cake

प्रधानका अनुसार बन्दीपुरमा अहिले दैनिक दुई हजार पर्यटकको आगमन भइरहेको छ। ‘विगतका वर्षमा चिसो मौसममा पनि यही हाराहारीमा पर्यटक आउँथे’, उनले भने, ‘पर्यटकमा घुम्ने संस्कृतिको विकास भइरहेको छ।’

पर्यटन विकासको समितिको तथ्यांकअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन्। समितिका अनुसार जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका छन्।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ वटा पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे नेपाली, अंग्रेजी, चिनियाँ, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा सामग्री तयार पारिएको छ।

विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रितिरिवाज र परम्परागत शैलीको घर देखेर मख्ख पर्ने गरेको व्यवसायी वसन्त पौडेलको भनाइ छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ।

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा सूर्योदयसँगै देखिने कुहिरो हेर्ने पर्यटकको संख्या पनि बढेको छ। मानुङकोटमा दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटक दृश्यावलोकनका लागि पुग्ने गरेका छन्। कोभिड संक्रमणका बेला मानुङकोटमा एकै दिन १० हजारभन्दा बढीसम्म पर्यटक पुगेका थिए।

व्यास नगरपालिका-३ निवासी भिमकुमारी थापाले यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउने बताए। गर्मी मौसममा कुहिरो नलाग्ने भएकाले चिसो मौसममा मानुङकोटमा पर्यटकको भीड लाग्ने गरेको व्यवसायी चुडामणि दाहालले बताए।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मानुङकोट आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास भइरहेको बताए। जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। उनले भने, ‘मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिराले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन्।’

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन्।

Comments
Share
33
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki