Sunday, April 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाए

गाेरखापत्र दैनिक

Friday, November 17, 2023
वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाए
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- मङ्सिर महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले निक्षेप ब्याजदर घटाएका छन् । बैङ्किङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

मङ्सिरका लागि २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैङ्कले कात्तिककै ब्याजदर यथावत् राखेका छन् । मङ्सिरमा प्राइम कमर्शीयल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर यथावत् रहेको जनाएका छन् । माछापुच्छ्रे बैङ्कले मात्र मङ्सिरमा निक्षेपको ब्याजदर बढाएको छ । अरू सबै बैङ्कले घटाएका छन् ।

कात्तिकको तुलनामा मङ्सिरमा वाणिज्य बैङ्कले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मङ्सिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ ।

Order Cake Order Cake Order Cake

मङ्सिरमा वाणिज्य बैङ्कहरूबिच निक्षेपको ब्याजदर १.६३५ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले १०.६०३ प्रतिशत र न्यूनतम दिने ८.९६८ प्रतिशत ब्याजदर दिने भएका छन् ।

अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएको यो लगातार दोस्रो महिना हो । कात्तिकमा पनि २० मध्ये १४ वाणिज्य बैङ्कले ब्याजदर घटाएका थिए ।

कसको ब्याजदर कति 

मङ्सिरमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर एनआइसी एसिया बैङ्कले घटाएको छ । कात्तिकको तुलनामा मङ्सिरमा एनआइसीले २.०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। कात्तिक महिनामा ११.००३ प्रतिशत रहेको बैङ्कको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ८.९६८ प्रतिशतमा झारेको छ ।

एनएमबी बैङ्कले पनि १ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर घटाएको छ । कात्तिकमा ११.००३ प्रतिशत रहेको एनएमबीको व्यक्तिगत मुद्दतीको ब्याजदर मङ्सिरमा ९.७६ प्रतिशतमा झारेको छ ।

मङ्सिरमा ३ बैङ्कले सबैभन्दा धेरै १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन् । हिमालयन, नेपाल एसबीआइ र माछापुच्छ्रेले व्यक्तिगत मुद्दतीमा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका हुन् । त्यस्तै, प्राइम कमर्शीयल, लक्ष्मी सनराइज र कुमारी बैङ्कले १० प्रतिशत बढी ब्याजदर दिने भएका छन् ।

मङ्सिरमा निक्षेपको सबैभन्दा कम ब्याजदर एनआइसी एसिया बैङ्कको रहेको छ । यसले व्यक्तिगत मुद्दतीमा ८.९६८ प्रतिशत ब्याजदर दिने भएको छ । स्ट्याण्डर्ड चार्टर्ड ८.९७ प्रतिशत, सानिमा, प्रभु, एभरेस्ट र राष्ट्रिय वाणिज्य बैङ्कले ९ प्रतिशत ब्याजदर दिने भएका छन् ।

नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, कृषि विकास, ग्लोबल आइएमई, एनएमबी, सिटिजन्स र सिद्धार्थ बैङ्कले ९ देखि १० प्रतिशतको बिचमा ब्याज दिने भएका छन् ।

Comments
Share
23
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki