काठमाडौँ- सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटको छ । हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments
Share







