Tuesday, April 14, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हाँसिल गरेका विद्यार्थी दिक्षीत

Saturday, September 30, 2023
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हाँसिल गरेका विद्यार्थी दिक्षीत
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – इन्टिच्यूट् अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हाँसिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो ।

दिक्षीत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले प्रमाण पत्र बितरण गर्दै बधाई बधाई ज्ञापन गरेका थिए ।

उनले दिक्षीत विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालले  थप दक्षता हाँसिल गरेको बताए। एकाउन्ट राम्रो नहुँदा व्यवासायमा ह्रास आउने भएकोले आगामी दिनहरुमा हरेक व्यवासायलाई  प्रोफेसनल अडिटरको सहयोग अपरीहार्य हुनेमा जोड दिए। उनले दिक्षीत विद्यार्थीहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न तत्पर रहेको बताए । कुनैपनि व्यवसायको लेखापरिक्षण गर्ने काम सबैभन्दा कठिन र जिम्वेवारपूर्ण काम हुने हुँदा सक्क्षम भएर यो क्षेत्रमा आउनु निकैखुसीको कुरा हो, आईसीएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हाँसिल गरेको ज्ञानले नेपाल बिषेश लाभान्वित हुने कुरामा कुनै दुइमत नभएको र राज्यले पनि प्रोफेसनल अडिटर उत्पादनमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै दिक्षीत विद्यार्थीहरुलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए. सुजन कुमार काफ्लेले यो कोर्षलाई कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे, यो कोर्षका कारण नेपालको लेखा तथा व्यवस्थापन क्षेत्रमा नयाँ स्टक होल्डरको रुपमा उदाउनु खुसिको कुरा भएको उल्लेख गरे ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली बिद्यार्थीलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय प्रतिनिधि कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताए। उनले दिक्षान्तरत विद्यार्थीहरुलाई लेखा तथा व्यवस्थापनको क्षेत्रमा विशिष्टता हाँसिल गरि सकेको भन्दै छोटो अवधिमा यस कोर्षको महत्व बुझि धेरै विद्यार्थी जोडिएको उल्लेख गरे। भर्खरै सुरु भएको कोर्ष प्रतिको आर्कषणले नेपालका अन्य क्षेत्रमा यस कोर्षको बारेमा जानकारी गराउन उत्साहित बनाएको र आउँदा दिनहरुमा सबैको सहयोगमा संभावित ब्यक्ति तथा ब्यावसायिक प्रतिष्ठानहरुमा कार्यरत लेखाका प्रमुखहरुलाई यस कोर्षमा आबद्ध गराउँदै लैजानेमा जोड दिए । ’ नेपालमै आईसीएमए अस्ट्रेलियाद्वारा सञ्चालित सीएमए कोर्ष अध्ययन अध्यापन हुँदा बौद्धिक दक्ष जनशक्ति उत्पादनले विदेशमा अध्ययनको लागि जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

त्यस्तै दिक्षीत भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयोग गरेकोमा धन्यवाद दिएकी थिइन् ।

दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो ।

कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरुले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालमा सीएमए अध्ययन अध्यापन सुरु भएको ५ वर्ष पुगेको छ । ५ वर्षको समयमा सीएमए प्रोग्रामले म्यानेजमेन्ट एकाउन्ट मात्र तयार गरेको छैन, यसले नेपालमा लेखा विज्ञहरुको लागि नयाँ ढोका पनि खोलिदिएको छ । अब नेपाली व्यवसायिक जगतमा फाइनन्सीयल एकाउन्टेन्ट मात्र होइन म्यानेजमेन्ट एण्ड कस्ट एकाउन्टेन्ट पनि त्यतिकै अपरिहार्य छ, भन्ने कुरा यो प्रोग्रामको लोकप्रियताबाट स्पष्ट भइसकेको छ ।

विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरु लागू भएका छन । खास गरी अमेरिका, बेलायत र अस्टे्लियाको सीएमए प्रोग्रामहरु विश्व बजारमा चिनिएका प्रोग्रामहरु हुन् ।

के हो सीएमए कोर्ष ? 
विश्वव्यापी रुपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन हो । यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रुपमा लिइन्छ । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् । नेपालमा चलिरहेको रहेको प्रोग्राम भनेको चाहिँ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स (आईसीएमए) अस्ट्रेलियाले नेपालमा संचालन गरेको कार्यक्रम हो ।

सीएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उतीर्ण गरी कम्तीमा ५ वर्षको व्यवसायिक अनुभव आवश्यक पर्छ । यस कोर्षको अवधि तीन वर्षको हुन्छ ।

Comments
Order Cake Order Cake Order Cake
Share
14
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki