काठमाडौँ – सुनचाँदीको भाउ आज घटेको छ ।
आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Comments
Share







