Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा नियमित उडान सुरु

नागरिक दैनिक

Sunday, August 20, 2023
सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा नियमित उडान सुरु
4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौैँ – सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा नियमित उडान हुन थालेको छ। साढे १२ बजेपछिको समयमा शनिबार सुर्खेत र नेपालगन्जबाट तीनवटा विमान सिमकोट विमानस्थल पुगेर फर्केका थिए।

नागरिक उड्डयन प्राधिकरणले हिमाली र पहाडी क्षेत्रका विमानस्थलमा लागु गरेको ‘अपरेसन आवर’ हटाएसँगै कर्णाली र सुदूरपश्चिममा विमान उड्न थालेका छन्। घाँसे मैदान भएको र विमानस्थलमा प्रविधि जडान नभएको अवस्थामा बनाइएको नियम लागु गरी प्राधिकरणले हिमाली र पहाडी क्षेत्रका जनतालाई मारमा पारेको भन्दै विरोध र आन्दोलनसमेत भएपछि ‘अपरेसन आवर’ हटाइएको हो।

प्राधिकरणले साउन १५ देखि लागु गरेको सो कारण विमान उड्न छाडेको र थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान नसक्दा हुम्लाका चार बालकले ज्यान गुमाउनुपरेको मृतकका अभिभावकले आरोप लगाएका छन्। हुम्लामा सुविधासम्पन्न अस्पताल नभएको र रेफर गरिएका बिरामीलाई समयमा उपचारार्थ बाहिरी अस्पताल लैजान नसक्दा अकालमै ज्यान गुमाउनुपरेको भन्दै उनीहरूले आरोप लगाएका हुन्। सो घटनाको देशभर विरोध भएको छ।

Order Cake Order Cake Order Cake

त्यस्तै मुगुम कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाले पनि विमान नचल्दाको पीडा र अनुभव भोग्नुपर्‍यो। सल्यान स्थायी घर भएकी उनी जागिर खान मुगुको कार्मारोङ पुगेकी थिइन्। विमान आउने आसमा उनी १० दिन ताल्चा विमास्थलमा रोकिइन्। पेटमा सात महिनाको गर्भका कारण स्थलमार्गबाट आउन सम्भव थिएन। त्यसमाथि नाकमा मासु पलाएकाले सास फेर्न गाह्रो थियो। ताल्चामा विमान आउने अवस्था नदेखी उनी जुम्ला पुगिन्। शुक्रबार मात्रै उनी जुम्लाबाट नेपालगन्ज विमानस्थल पुगिन्।

‘विमान नचल्दाको पीडा र छटपटीलाई शब्दमा व्यक्त गर्न सकिँदो रहेनछ,’ उनले भनिन्, ‘कर्णाली त्यसै कर्णाली भएको रहेनछ, राज्यले नै उपेक्षा गरेको पाइयो।’ प्राधिकरणले ‘अपरेसन आवर’का नाममा दिउँसो साढे १२ बजेपछि पहाडी तथा हिमाली जिल्लामा उडान रोकेपछि बुढाले जस्तै धेरैले दुःख पाए। प्राधिकरणले भौगोलिक अवस्था नबुझी लागु गरेको ‘अपरेसन आवर’ हटाएसँगै फेरि दुर्गमका विमानस्थलमा विमान देखिन थालेका हुन्।

ताल्चा विमानस्थलका प्रमुख रोमन भट्टराईले शुक्रबारदेखि विमान आउन सुरु भएको बताए। ‘नेपालगन्ज–जुम्ला रुटमा शुक्रबार दुईवटा र शनिबार एउटा विमान चलेका छन्,’ प्रमुख भट्टराईले भने, ‘कुहिरोले विमानस्थल ढाकेको हुन्छ, दिनभर मौसम खुला हुन्छ।’

उनले शुक्रबार बिरामी, अशक्त र परीक्षा दिन जान लागेका विद्यार्थीलाई प्राथमिकता दिएको बताए। ‘धेरै त विमान नआउने हो कि भनेर स्थलमार्गबाट गइसकेका थिए,’ उनले भने, ‘त्यसैले शनिबार एउटा मात्रै उडान भयो।’

डोल्पाको जुफाल विमानस्थलमा पनि नियमित उडान सुरु भएको छ। विमानस्थल प्रमुख अमित चौरसियाले शुक्रबार र शनिबार दुई–दुई पटक विमान उडेको बताए। ‘यात्रुसँगै कार्गो बोकेर दुई दिनमा चार विमान नेपालगन्ज–जुफाल आएका छन्,’ उनले भने, ‘अब पहिलेजस्तो समस्या नआउला।’

‘अप्रेसन आवर’पछि पहिलो पटक प्रदेश राजधानी सुर्खेतबाट यात्रु बोकेर समिटको विमान सिमकोट अवतरण गरेको थियो। शनिबार नेपालगन्ज विमानस्थलबाट दुईवटा विमान सिमकोट पुगे। ‘दिउँसो मौसम खुल्ने भएकाले नियमित विमान आइरहेका छन्,’ प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले भने, ‘शुक्रबार र शनिबार दुवै दिन तिनतिनवटा विमान १२ बजेपछि सिमकोट आएर फर्किएका छन्।’

‘अप्रेसन आवर’ हटाइएसँगै हेलिकोप्टरहरूले पनि खाद्यान्न ओसार्न सुरु गरेका छन्। सदरमुकाम सिमकोटसहित उपल्लो हुम्लामा यातायातका साधन नचल्ने भएकाले अनुदानमा गएको खाद्यान्न, नुनलगायत व्यावसायिक सामग्री हेलिकोप्टरले कर्णाली करिडोरको स्यालतडीबाट ढुवानी गर्न थालेका छन्। यसका लागि सिमकोट विमानस्थलमा फिस्टेल र माउन्टेन एयरका दुई हेलिकोप्टर छन्।

Comments
Share
47
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki