काठमाडौँ – सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सर्वाधिक आरोहीलाई अनुमति प्रदान गरिएको छ । अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि बुधबार अपराह्नसम्म ४ सय ६३ जनाले अनुमति लिइसकेका छन् । सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो । पर्यटन विभागका अनुसार अझै एक साता अनुमति दिइने भएकाले संख्या अझै बढ्न सक्नेछ ।
यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन् । दोस्रोमा अमेरिकी छन् । ८७ जना अमेरिकीले अनुमति लिएका छन् ।
यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको छ । ‘रोयल्टी पनि ७० वर्षे इतिहासकै सबैभन्दा बढी हो । अन्य हिमालको समेत गरेर विभागमा ७३ करोड ५४ लाख रोयल्टी जम्मा भइसकेको छ ।







