Monday, April 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

दोल्ती पावर कम्पनीकाे आईपीओ बिक्री खुला

Tuesday, April 11, 2023
दोल्ती पावर कम्पनीकाे आईपीओ बिक्री खुला
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन  तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्ट्याएको थियो । त्योमध्ये पाँच करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँबराबरको पाँच लाख ३६ हजार ४८६ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको थियो ।

एक करोड सात लाख २९ हजार ८०० रुपैयाँबराबारको एक लाख सात हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ । ६८ लाख एक हजार ७०० रुपैयाँबराबरको ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

Order Cake Order Cake Order Cake

लगानीकर्ताले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओका लागि न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आउँदो वैशाख ३ गतेसम्म आवेदन दिनसक्ने छन् । उक्त अवधिसम्म मागानुसार आवेदन नपरे वैशाख १२ गतेसम्म आईपीओमा आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल ‘बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरी ०७६ पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । यो आयोजना निर्माण गर्न एक अर्ब आठ करोड २२ लाख ९० हजार रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ । यो आयोजना निर्माण गर्न विद्युत् खरिद सम्झौता गर्दा समयमा ७८ करोड ४७ लाख २८ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यो कम्पनी चार करोड ७७ लाख ५३ रुपैयाँ नोक्सानीमा छ ।

Comments
Share
32
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki