Tuesday, April 21, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको भाउ नघटाउने

Thursday, March 2, 2023
आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाए  पनि नेपाली बजारमा भाउ कम नहुने वा नहुने अन्यौल
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – ​भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी) बाट आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा १ रूपैयाँ २१ पैसा र डिजेलमा ५ रूपैयाँ ५ पैसा घटेर आएको छ। यसैगरी आइओसीले पठाएको मूल्य सूचीअनुसार मट्टीतेलमा ३ रूपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रूपैयांँ ३ पैसा घटेर आएको छ।

खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिण्डर ३ सय ३९ रूपैयाँ ६ पैसा बढेर आएका कारण निगमलाई प्रति सिलिण्डर ६ सय ३५ रूपैयाँ ५० पैसा घाटा लाग्ने निगमले जिकिर गरेको छ।

Order Cake Order Cake Order Cake

तर समग्रमा निगमलाई केही नाफा भएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर निगमले आइओसीलाई भुक्तानी गर्नुपर्ने तथा पुरानो बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब १६ अर्ब रूपैयाँ तिर्न बाँकी रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जनाएको छ।

निगमले केही वर्षयता पेट्रोलियम पदार्थमा ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ। उक्त स्वचालित प्रणाली लागू गर्दा निगमले भारतबाट इन्धनको मूल्य बढेर आए त्यसैअनुसार यहाँ पनि मूल्य बढ्ने र घटेर आए त्यसैअनुसार यहाँ मूल्य घट्ने जनाएको थियो।

तर आइओसीले पेट्रोलियम पदार्थमा भाउ बढेको सूची पठाउनासाथ यहाँ निगमले मूल्य बढाउने तर आइओसीले भाउ घटेको मूल्य सूची पठाउँदा भने बक्यौता‚ सरकारसँग लिएको ऋणलगायत कारण देखाउँदै मूल्य नघटाएका धेरै उदाहरण छन्।

निगमको ‘स्वचालित मूल्य प्रणाली’ इन्धनको भाउ बढाउने र उपभोक्तालाई मूर्ख बनाउने उपायमात्र भएको टिप्पणी सर्वसाधारणले गर्दै आएका छन्।

Comments
Share
31
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki