काठमाडौँ – गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से, निरन्तर तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ।
आज नेप्से परिसूचक ४१.०१ अंक घटेर २१२७.५२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५९ अंक घटेको छ।
आज २५६ स्टकको ५७ हजार १२६ पटकको कारोबारमा ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३५ स्टकको मूल्य घटेको छ भने १७ स्टकको मूल्य बढेको छ। बाँकी ४ स्टकको मूलय भने यस दिन स्थिर रहेको छ।
नेप्से घटेपनि आज दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, रिडी पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







