काठमाडौँ – आज शेयर बजार परिसुचक सामान्य अंक बढेर बन्द भएको छ।नेप्से परिसूचक ८.१४ अंक बढेर २१७३.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, आजको कारोबारमा सेन्सेटिभ इण्डेक्स २.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २४८ स्टकको ५२ हजार ४६० पटकको कारोबारमा ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि सामान्य अंक घटेको छ।







