काठमाडौँ – गत बिहीबार करिब ६ अंक बढेर बन्द भएको नेप्से, आज करिब १४ अंक घटेर बन्द भएको हो।
आज नेप्से १३.७१ अंक घटेर २१६५.१० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५७ स्टकको ६५ हजार १९४ पटकको कारोबारमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।







