पोखरा – अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्ततः पोखराबाट प्याराग्लाइडिङ विस्थापित नहुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ हुने चार जोनमध्ये एउटालाई निरन्तरता दिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनपूर्व सराङकोट, तोरिपानी, मान्द्रेढुंगा र तामागी जोनबाट प्याराग्लाइडिङ हुन्थ्यो ।
प्राधिकरणले हाल विमानस्थलबाट १० नटिकल माइलभित्र पर्ने सराङकोट, तोरीपानी र तामागी बन्द गरी कास्कीकोटको मान्द्रेढुंगालाई एक महिनाका लागि अस्थायी अनुमति दिएको छ । मान्द्रेढुंगा सराङकोटबाट ५ किमि र तोरीपानीबाट डेढ किमि पश्चिमतर्फ पर्छ ।
व्यावसायिक उडानका लागि सराङकोट र तोरीपानी उडानस्थल धेरै प्रयोग हुन्थ्यो भने मान्द्रेढुंगाबाट सिकारु पाइलटले एकल उडान भर्ने गर्थे ।
हाल पाइलटले मान्द्रेढुंगाबाट उडान भरेर पामेमा अवतरण गर्ने अभ्यास गरिरहेका छन् । दुई दिन एकल उडानपछि अर्को पाइलटलाई राखेर टेन्डम उडान भरेका छन् । माघ १ बाट व्यावसायिक उडान सुरु गर्ने तयारी छ । ‘टेकअफ र ल्यान्डिङमा पूर्वाधार को पनि तयारी चलिरहेको छ ।







