काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.५४ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार २७.५४ अंकले घटेर १८५५.६ विन्दुमा आएको छ ।
यस दिन नेप्सेमा एक अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । २५० कम्पनीको सेयर किनबेच भएको नेप्सेमा ३७ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।
आइतबार सबैभन्दा धेरै इस्टन हाइड्रोपावरको सेयर मूल्य बढेको छ । इस्टनको १० प्रतिशतले सेयर मूल्य बढेको हो । ग्लोबल आइएमई ब्यालेन्स फन्डको ९.३५ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी सेयर मूल्य घट्नेमा रुरु जलविद्युत् कम्पनी र पिपुल्स हाइड्रो रहेका छन् । पिपुल्स र रुरुको १० प्रतिशतले सेयर मूल्य घटेको छ ।







