काठमाडौं- मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ।आज नेप्से २.५७ अंक घटेर १८९९.७० विन्दुमा झरेको छ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३६ करोडको शेयर कारोबार भएको बजारमा २४८ स्टकको १६ हजार ३२० पटकको कारोबारमा ७७ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको २० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि आज सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य २०५ रुपैयाँ ४० पैसा बढेर २ हजार २६० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सान्जेन जलविद्युतको शेयरमूल्य ७.७३ प्रतिशत बढेको छ भने अपर तामाकोशीको ५ प्रतिशतभन्दा बढी बढेको छ। तेह्रथुम पावर कम्पनी र सिंगटि हाइड्रो इनर्जीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी,आज नेपाल टेलिकमको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपमिूहको परिसूचक घटेको छ। जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो भने बाँकी उपसमूहको परिसूचक घटेको हो। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९० प्रतिशत घटेको छ।







