काठमाण्डौं – आज बिहीवार शेयर बजार दोहोरो अङ्कले बढेर बन्द भएको छ। आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि उकालो लागेको छ । दुई सय ४१ वटा कम्पनीको ३८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतले बढेको छ ।







