काठमाण्डौं – आज नेप्से सूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा झरेको छ। आज २३ लाख ५५ हजार ८४५ कित्ता शेयर ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँमा शेयर कारोबार भएको छ। अघिल्लो दिन ९५ करोड रुपैयाँमा शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम झनै घटेको छ।
आज ग्रिन लाइफ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ४ प्रतिशत, रुरु जलविद्युतको ३.३१ प्रतिशत र बुद्धभुमी हाइड्रोपावरको २.८४ प्रतिशतले बढेको छ।
यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४० प्रतिशतले घटेको छ भने गुहेश्वरी फाइनान्सको ३.२७ प्रतिशत, युनाइटेड इन्स्योरेन्स २.९४ प्रतिशत र युनाइटेड मोदीको २.८९ प्रतिशतले घटेको छ।
बुधबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड १४ लाख, नेश्डो लघुवित्तको ३ करोड ८२ लाख र शिवम् सिमेन्टको ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमा २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।







